इजरायलमा आम हड्ताल, गाजा युद्ध रोक्न नेतान्याहूलाई दबाव

हमास समुहले बन्धक बनाएकाहरुलाई छुटाउनकालागि सरकारले प्रभावकारी काम गर्न नसकेको भन्दै आज इजरेलमा आम हडतालको आव्हान गरिएको छ । हिजो ६ जना बन्धकको शव फेला परेपछि हिजैदेखि इजरायलमा विरोध प्रदर्शन भैरहेको छ ।

बन्दका कारण इजरेलको मुख्य विमानस्थलको सेवा प्रभावित भएको छ । त्यहाँको नीजि क्षेत्र, बैंक, ठुला यातायात कम्पनीले हड्ताललाई साथ दिएका छन् ।

साथै अस्पतालहरुमा समेत सीमित मात्रामा सेवा दिइएको छ ।

आइतबार रातिसमेत भएको प्रदर्शनमा राजधानी तेल अभिभका साथै अन्य शहरहरुमा लाखौं मानिस सहभागी भएका थिए ।

प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले बन्धक छुटाउन प्रयास नगरेको आरोप प्रदर्शनकारीहरुले लगाएका छन् ।

साथै हमासको कब्जामा रहेका १ सय १ जनाको जीवितै उद्धार गर्न समेत प्रदर्शनकारीले माग गरेका छन् ।

गत बर्षको अक्टोबर ७ तारिखमा हमास समुहले इजरेलमा आक्रमण गरी इजरेली नागरिकलाई बन्धक बनाएका थिए ।

त्यस यता इजरेलले गाजा क्षेत्रमा गरेको कारवाहीमा ४१ हजार प्यालेस्टिनीको मृत्यु भैसकेको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.