एन्फा महिला लिग फुटबल: बागमतीले सुदूरपश्चिमलाई हरायो

काठमाडौँ- बागमती युथ क्लबले एन्फा महिला लिगमा पहिलो जित दर्ता गरेको छ ।

सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा आज भएको खेलमा सुदूरपश्चिम प्रदेशलाई ५-१ गोल अन्तरले हराउँदै बागमतीले जित निकालेको हो ।

यो जितसँगै बागमतीले तीन अंक जोडेको छ ।

बागमतीको जितमा अस्मिता खवासले ह्याट्रिक गरिन् । सहारा लिम्बु र आरती भुजेलले समान १-१ गोल गरे ।

सुदूरपश्चिकमका लागि तुलचा बाहोराले सान्त्वना गोल फर्काइन् ।

खेलको पहिलो हाफमै तीन गोलले अग्रता बनाएको बागमतीले दोस्रो हाफमा थप दुई गोल गर्न सफल भयो ।

अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजना भइरहेको महिला लिगमा १० टोलीको सहभागिता छ।

पहिलो चरणमा सबै टोलीले एकअर्काको सामना गर्नेछन् ।

लिगमा भोलि दुई वटा खेलहरु हुनेछन ।

जस अन्तर्गत पहिलो खेलमा चन्द्रपुर नगरपालिका र कर्णाली प्रदेशले प्रतिस्पर्धा गर्नेछन् भने अर्को खेलमा विभागीय टोलीहरु सशस्त्र प्रहरीको एपीएफ क्लब र नेपाल पुलिस क्लबबीच खेल हुनेछ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.