प्रधानमन्त्री मोदी ब्रुनाई र सिङ्गापुरको आधिकारिक भ्रमणमा
नयाँदिल्ली- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी मङ्गलबार ब्रुनाई दारुस्सलाम र सिङ्गापुरको तीन दिने आधिकारिक भ्रमणका लागि प्रस्थान गर्नुभएको छ ।
भारतीय प्रधानमन्त्रीको रुपमा मोदीको यो पहिलो ब्रुनाई भ्रमण हुनेछ । दुई राष्ट्रबिचको कूटनीतिक सम्बन्धको ४० वर्ष पूरा भएको अवसरमा निर्धारित यस भ्रमणलाई द्विपक्षीय महत्वको रुपमा लिएको स्रोतले जनाएको छ ।
भ्रमणको दोस्रो चरणमा प्रधानमन्त्री मोदीले सेप्टेम्बर ४–५ मा सिङ्गापुर भ्रमण गर्नुहुने स्रोतले जनाएको छ ।
प्रस्थान वक्तव्यमा भारतीय प्रधानमन्त्री मोदीले आफ्नो दोहोरो भ्रमणको उदेश्य दुई देशसँग भारतको सम्बन्धलाई अझ मझभुत र प्रगाड बनाउनेमा केन्द्रित रहेको जनाउनुभयो ।
यसै गरी भारत–बुर्नाइ दारुस्सलाम कूटनीतिक सम्बन्धको गौरवशाली ४० वर्ष पूरा गरेको अवसरमा महामहिम सुल्तान हाजी हसनल बोल्कियालाई भेट्न उत्सुक रहेको प्रधानमन्त्री मोदीले विज्ञप्तिमार्फत जनाउनुभएको छ ।
भ्रमणको दास्रो चरणमा सिङ्गाापुरमा राष्ट्रपति थर्मन सन्मुगरत्नम, प्रधानमन्त्री लरेन्स वोङ, वरिष्ठ मन्त्री ली सिएन लुङ र वरिष्ठ मन्त्री गोह चोक टोङसँग वार्ता गर्ने उहाँले बताउनुभएको छ ।
प्रतिक्रिया राख्नुहोस्