बागलुङमा मोटरसाइकल र स्कुटर बगाउँदा तीन जनाको मृत्यु (अपडेट)

बागलुङ- बागलुङ नगरपालिका- ४ बान्द्रे खोलामा गएराति आएको बाढीले बगाउँदा तीन जनाको मृत्यु भएको छ ।

बागलुङ नगरपालिका-५ को बान्द्रेमा गएराति आएको बाढीले स्थानीय २३ वर्षीय अर्जुन सापकोटा, २२ वर्षीय अविषेक रेग्मी, २० वर्षीय कमल सापकोटाको बगाउँदा उनिहरुको मृत्यु भएको हो । दुई जनाको शव राती नै भेटिएको थियो कमल सापकोटाको शव भने आज बिहान फेला परेको हो ।

प्रहरीका अनुसार बाढीले बगाएर तीन सय मीटर तल उनीहरुको शव भेटिएको थियो । कुँडुलेदेखि मालिका जाँदै गरेको ध२प ८०१० नम्बरको मोटरसाइकल र ध १ प ९९९६ नम्बरका स्कुटर बगाएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.