वेस्ट बैङ्कमा अमेरिकी नागरिकको गोली लागी मृत्यु

जेरुसेलम-  प्यालेस्टिनी अस्पतालका एक अधिकारीले कब्जा गरिएको वेस्ट बैङ्कमा शुक्रबार एक अमेरिकी नागरिकको टाउकोमा गोली लागेर मृत्यु भएको बताएका छन् ।

नाब्लुसस्थित राफिडिया अस्पतालका निर्देशक फौद नाफाले भन्नुभयो, “एक जना अमेरिकी नागरिकले टाउकोमा गोली लागेपछि उपचारका लागि अस्पताल आइपुग्नुभएको थियो उहाँको स्थानीय समय अनुसार १४ः३० बजेतिर मृत्यु भएको छ।”

प्यालेस्टाइनको सरकारी समाचार संस्था वाफाका अनुसार मारिएका अभियन्ता गाजा पट्टीमा जारी युद्धसँगै पश्चिम किनारामा बढेको इजरायली बसोवासी हिंसाबाट किसानहरूलाई जोगाउन ‘फाजा’ नामक एक अभियानमा संलग्न हुनुहुन्थ्यो।

नाफाले एएफपीलाई बताएअनुसार मृतक महिला २० वर्षकी हुनुहुन्थ्यो ।

अक्टोबर ७ मा हमासले दक्षिणी इजरायलमा अकस्मात गरेको आक्रमणपछि इजरायली सेना र स्थानीयबासीले वेस्ट बैङ्कमा कम्तीमा ६६१ जना प्यालेस्टिनीको हत्या गरिसकेको प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

इजरायली अधिकारीहरूका अनुसार उक्त अवधिमा प्यालेस्टिनी आक्रमणमा सुरक्षाकर्मीसहित कम्तीमा २३ जना इजरायली मारिएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.