माओवादीको अवरोधका कारण प्रतिनिधिसभा बैठक भदौ ३० गतेसम्मका लागि स्थगित

काठमाडौँ –प्रमुख प्रतिपक्षी दल नेकप (माओवादी) केन्द्रका सांसदले अवरोध गरेपछि बुधबारको प्रतिनिधिसभाको बैठक कार्यसूचीमा प्रवेश नगरी स्थगित भएको छ।

सभामुख देवराज घिमिरेले सत्तापक्ष र विपक्षी दलको सांसदको दोहोरोमा बैठक सञ्चालन हुन नसक्ने जानकारी गराउनुहुँदै बैठक आइतबार दिउँसो १ बजेसम्मका लागि स्थगित भएको घोषणा गर्नुभएको हो।

भाद्र १२ गते प्रतिनिधि सभा बैठकमा एमाले सांसद योगेशकुमार भट्टराईले बोलेको हिंसा भन्ने शब्द असंसदीय नदेखिएको भन्दै संसदको अभिलेखबाट नहट्ने निर्णय सभामुखले सुनाउनुभएपछि माओवादी सांसदले बैठकमा विरोध गरेका हुन्।

बुधबारको प्रतिनिधि सभा बैठकमा सभामुख घिमिरेले  प्रतिनिधि सभा नियमावली, २०७९ को नियम २१ मा भएको व्यवस्था र मिति २०८१ भाद्र १८ गते बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा भएको छलफल र सचिवालयको राय समेतका आधारमा सो शब्द असंसदीय शब्द नदेखिएको बताउनुभयो।  उहाँले सो शब्द संसदको अभिलेखबाट हटाउनु नपर्ने बताउनु भयो।

उहाँले पछिल्लो समय प्रतिकात्मक शब्द प्रयोग गर्दा पनि नियमापत्ति गर्ने र शब्दमा बहस हुने गरेको भन्दै सांसदहरुलाई संसदमा प्रस्तुत हुँदा शब्द चयनमा सचेत रहन रुलिङ गर्नुभयो।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.