बालबालिकाका सम्बन्धमा बनेका कानूनहरुको प्रभावकारी कार्यान्वयन जरुरी: राष्ट्रपति पौडेल

काठमाडौँ-  राष्ट्रपति रामचन्द्र पौडेलले बालअधिकारका सम्बन्धमा व्यवस्था गरिएका संवैधानिक तथा कानुनी प्रावधानहरूको प्रभावकारी कार्यान्वयन गर्न राज्यका तीनै तहको भूमिका अहम् हुने बताउनुभएको छ ।

राष्ट्रिय बाल दिवसको अवसरमा शुभकामना दिनुहुदै राष्ट्रपति पौडेलले सम्पूर्ण सरकारी, गैरसरकारी निकाय, नागरिक समाज, अभिभावक, विद्यालय एवम् अन्य सरोकारवाला निकायहरूको एकिकृत र समन्वयात्मक भूमिका पनि बालबालिकाको पक्षमा काम गर्न उत्तिकै महत्वपूर्ण रहेको उल्लेख गर्नभएको छ ।

अझै पनि केही बालबालिकाहरू आफ्नो बालअधिकारबाट बञ्चित भएको कुरा सुन्नमा आएको कुरा उल्लेख गर्नुहुदै विभिन्न कारणहरूले बालबालिकामा पर्ने गम्भीर तथा बढ्दो असरतर्फ सबैको ध्यान आकृष्ट हुनु जरूरी रहेको राष्ट्रपतिले सन्देशमा उल्लेख गर्नुभएको छ ।

बालबालिका माथि हुने हिंसा तथा दुर्व्यवहार रोक्नु सरकारको दायित्व हो भन्नुहुदै बालबालिकाको संरक्षण र विकासमा आआफ्नो तर्फबाट भूमिका निभाउन सबैमा आग्रह गर्नुभएको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.