संसदिय सुनुवाइ समितिको बैठक स्थगित
काठमाडौं – सरकारले प्रस्ताव गरेका १७ राजदूतको निर्णय गर्न बोलाइएको संसदीय सुनुवाई (संयुक्त) समितिको बैठक बस्दै नबसी स्थगित भएको छ ।
प्रस्तावित राजदूतको सुनुवाइ सकिएको भए पनि निर्णय भइनसकेकाले आज निर्णय गर्नेगरी बोलाइएको बैठक अन्तिम समयमा आएर स्थगित भएको हो ।
प्रस्तावित १७ राजदूतको निर्णय गर्नु अघि अझै गम्भीर रुपमा छलफल गर्नका लागि समय चाहिएकाले आज बोलाइएको समितिको बैठक स्थगित गरिएको समिति सभापति इश्वरीदेवी न्यौपानेले जानकारी दिनु भएको छ । अर्को बैठक बस्ने मिति तय भएको छैन ।
सरकारले अमेरिकाका लागि लोकदर्शन रेग्मी, भारतका लागि शंकरप्रसाद शर्मा, बेलायतका लागि चन्द्रकुमार घिमिरे, दक्षिण कोरियाका लागि डाक्टर शिवमाया तुम्बाहाम्फे, दक्षिण अफ्रिकाका लागि प्रा.डा.कपिलमान श्रेष्ठ, स्पेनका लागि सनिल नेपाल, श्रीलंकाका लागि रामकृष्ण भट्टराईको प्रस्ताव गरेको छ ।।
प्रतिक्रिया राख्नुहोस्