प्रतिनिधि सभा बैठक अझै सुरु भएन

काठमाडौँ- सूचना टास गरी दुई घण्टा पछि सारिएको प्रतिनिधि सभाको बैठक अझै सुरु हुन सकेको छैन ।

संसद्‌मा दर्ज भएको ‘माओवादी हिंसा’ रेकर्डबाट हटाउनुपर्ने माओवादी केन्द्रको मागमा दलहरु बीच  सहमति जुट्न नसक्दा प्रतिनिधिसभा बैठक सूचनामार्फत पर सारिएको थियो ।

सहमति जुटाउन सभामुख देवराज घिमिरेले बोलाएको बैठकमा माओवादी संसदीय दलका प्रमुख सचेतक हितराज पाण्डेले संसद्को रेकर्डबाट माओवादी हिंसा भन्ने शब्द नहटेसम्म बैठक चल्न नदिने बताउनु भएको छ ।

एमाले सचिव योगेश भट्टराईले भदौ १२ गते संसद्‌मा बोलेको ‘हिंसा’ शब्द असंसदीय नभएको सभामुखले घोषणा गरेपछि माओवादीले भदौ २६ गते संसद् अवरुद्ध गरेको थियो ।

आइतबार दिउँसो १ बजे बस्ने भनिएको बैठक सूचना टाँसेर सवा ३ बजेका लागि सारिएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.