प्रतिनिधि सभाको बैठक स्थगित

काठमाडौँ-  आज बस्ने भनिएको प्रतिनिधि सभा बैठक भोलि सम्मका लागि स्थगित भएको छ । यस अघि आजै १ बजे बोलाइएको बैठक सूचना टास गरि सवा तीन बजेका लागि सारिएको थियो ।

सवा तीन बजे बस्ने भनिएको बैठक भोलि १ बजे बस्ने गरी  स्थगित गरिएको सभामुखका प्रेस संयोजक शेखर अधिकारीले जानकारी दिनु भयो ।

संसद्‌मा दर्ज भएको ‘माओवादी हिंसा’ रेकर्डबाट हटाउनुपर्ने माओवादी केन्द्रको मागमा दलहरु बीच सहमति जुट्न नसक्दा प्रतिनिधिसभा बैठक प्रभावित हुन पुगेको हो।

एमाले सचिव योगेश भट्टराईले भदौ १२ गते संसद्‌मा बोलेको ‘हिंसा’ शब्द असंसदीय नभएको सभामुखले घोषणा गरेपछि माओवादीले भदौ २६ गते संसद् अवरुद्ध गर्दै आएको छ ।

यसअघि सहमति जुटाउन सभामुख देवराज घिमिरेले बोलाएको बैठकमा माओवादी संसदीय दलका प्रमुख सचेतक हितराज पाण्डेले संसद्को रेकर्डबाट माओवादी हिंसा भन्ने शब्द नहटेसम्म बैठक चल्न नदिने बताउनु भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.