भाषा शैलि जोगाउन आफ्नै भाषाको म्युजिक भिडियो

मनाङ- माथिल्लो मनाङमा यतिखेर भाषाशैलि जोगाउन मनाङ्गे भाषाको म्युजिक भिडियो को छायांकन भईरहेको छ ।

देशका विभिन्न ठाउँमा स्थानीय भाषा शैली र परम्परा लोभ हुँदै गहेको अवस्थामा यहाँ भाषा शैली र परम्परा जोगाई राख्न म्युजिक भिडियो निर्माण गर्नलागेको पर्यटन ब्यावसायी संघ मनाङका अध्यक्ष बिनोद गुरुङले बताउनु भयो ।

उहाँका अनुसार युवायुवतीहरु जिल्ला छाड‍ेर अन्यत्र जानु र बिदेशिनाले पनि भाषा लोप हुँदै गहेको छ । उहाँले भन्नुभयो- “पुराना मानिस सकिएसँगै भाषा संकृती नै जाने डर छ । त्यसैले हाम्रो भाषा जोगाई राख्न यस्ता म्युजिक भिडियोले सहयोग गर्नेछ” ।

पल घलेको ‘मनाङे नानी’ र ‘ओे माया ओ’ बोलको मनाङ भाषाको गित तथा सोनम गुरूङको ‘आमा’ बोलको मनाङ्गे भाषाको गितको म्युजिक भिडियोको छायाङ्कन भईरहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.