विधायन व्यवस्थापन समितिको सभापतिमा दाहाल निर्वाचित

काठमाडौं – विधायन व्यवस्थापन समितिको सभापतिमा नेकपा एमालेकी तुलसा दाहाल निर्वाचित हुनुभएको छ ।

सोमवार भएको समिति सभापति निर्वाचनमा नेकपा (एकीकृत समाजवादी) की सांसद एवं सभापति उम्मेदवार जयन्तीदेवी राईलाई पराजित गर्दै उहाँ विजयी हुनुभएको हो । समितिमा दुवै तर्फको ७÷७ मत प्राप्त भएपछि समितिका ज्येष्ठ सदस्य सभापति कृष्णप्रसाद सिटौलाले सभापतिको तर्फबाट दाहाललाई आफ्नो मत दिनुभएसँगै उहाँ विजयी हुनुभएको हो । सभापतिमा निर्वाचित भएसँगै उहाँले राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालसँग पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभयो । सो क्रममा उहाँले सभापति निर्वाचन नियमित प्रक्रिया भएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘यो नियमित प्रक्रिया हो । अहिले दुई दुई वर्षको समय निर्वाचन भएको हुनाले र म हिजोदेखि नै विधायन समितिमा बसेर काम गरेको हुनाले । तीन वटा विधेयक छन् हामीसँग । ती तीन वटा विधेयकमा हामी काम गर्नेछौँ ।’
उहाँले  अहिले समितिसँग तीन वटा विधेयक रहेको र यसलाई थप परिष्कृत बनाउने गरी अघि बढ्ने बताउनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.