पोखरा र नवलपुरबीचको दुरी घटाउन अध्ययन सुरु भएको छः मुख्यमन्त्री पाण्डे

नवलपुर- गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सुरुङ्ग मार्गहरुको निर्माणमार्फत पोखरा र नवलपुरबीचको दुरी घटाउनका लागि आवश्यक अध्ययन सुरु भएको बताउनु भएको छ ।

मंगलबार नवलपरासी पूर्वको मध्यविन्दु नगरपालिकाको स्थापना दिवस कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले हाल पहाडी क्षेत्रमा सडक निर्माण कार्यहरु भइरहे पनि सुरुङ्ग मार्ग निर्माण हुन सक्दा प्रदेश राजधानि पोखरा, नवलपुर र देशको प्रमुख राजमार्गसँग दुई घण्टाको दुरीमा जोड्न सक्ने प्रारम्भिक अध्ययनहरुले देखाएको बताउनुभएको हो ।

त्रिवेणी कोरोला सडक खण्डको महत्वपूर्ण खण्डको रुपमा रहेको दुम्कीबास त्रिवेणी सडक निर्माणलाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको बताउनुभयो । वन र निकुञ्ज ऐनका कारण सडक निर्माण प्रभावित भएको भन्दै जग्गा प्राप्तीको अधिकार प्रदेश सरकारलाई प्रदान गर्नुपर्नेमा जोड दिनुभयो ।

नवलपुरको लोकाहमा औधोगिकग्राम स्थापनाका लागि प्रदेश सरकारले योजना अगाडी बढाएपनि केन्द्र सरकारले जग्गाको अधिकार नदिंदा अपेक्षित काम अगाडी बढ्न नसकेको बताउनुभयो ।

गण्डकी प्रदेश सरकारले सञ्चालन गर्दै आएको मुख्यमन्त्री नवप्रवर्तन कार्यक्रममा लगातार तीन वर्ष छनोट हुने एक मात्रै नगरपालिकाको रुपमा मध्यविन्दु नगरपालिका छनोट भएकोमा शुभकामना दिनुहुँदै पाण्डेले लगातार कार्यक्रममा छनोट हुनुले मध्यविन्दु नगरपालिकाले कसरी काम गरिरहेको छ भन्ने विषयको मूल्याङ्कन गर्न सकिने बताउनुभएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.