प्रधानमन्त्री ‌ओलीले असोज १० गते संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्नुहुने

काठमाडौँ- संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा भाग लिन प्रधानमन्त्री केपी शर्मा ओलीसहितको नेपाली प्रतिनिधिमण्डल ४ असोजमा अमेरिका जानु हुँने भएको छ ।

परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्री ओली ८ असोजमा अमेरिकाको न्यूयोर्कमा सुरु हुने राष्ट्रसंघको महासभाको उद्घाटन समारोहमा सहभागी हुनुहुने छ ।

त्यस्तै उनी अमेरिकी राष्ट्रपति जो बाइडेनले ९ असोजमा दिने रात्रीभोजमा पनि सहभागी हुने मन्त्रालयले विज्ञप्ति निकालेर जानकारी दिएको छ ।

त्यस्तै १० असोजमा प्रधानमन्त्री ओलीले राष्ट्रसंघको महासभालाई सम्बोधन गर्नुहुने छ। न्यूयोर्कमा रहँदा प्रधानम्न्त्री ओलीले राष्ट्रसंघको समिट अफ द फ्युचर कार्यक्रममा पनि सम्बोधन गर्ने कार्यक्रम छ ।

७ कात्तिकमा प्रधानमन्त्रीले कोलम्बिया युनिभर्सिटी र ११ असोजमा हाभर्ड विश्वविद्यालयमा पनि मन्तव्य राख्नु हुने छ भने भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग पनि भेट गर्ने कार्यक्रम रहेको छ।

प्रधानमन्त्रीको भ्रमण टोलीमा उनीसँगै पत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री आरजु राण देउवा, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल, परराष्ट्रसचिव सेवा लम्साललगायत रहनु भएको छ। प्रधानमन्त्री ओली अमेरिका भ्रमणबाट १४ असोजमा स्वदेश फर्किने कार्यक्रम छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.