बाख्रापालनबाट १० करोड आम्दानी गर्दै धादिङका किसान
धादिङ- यस वर्षको बडा दशैँमा धादिङको शिद्धलेक गाउँपालिकाका किसानहरुले दश करोडभन्दा धेरै रकम खसी बोका विक्रिबाट गाउँ भित्र्याउने तयारी गरेका छन ।
गत बर्षको दशैँमा खसी बोका बिक्रिबाट दुई करोड पचास लाख रुपैया गाँउभरिका किसानहरुले आम्दानी गरेकोमा यस बर्षको आम्दानी ह्वात्तै बढ्ने उनीहरुको दाबी छ हो ।
किसानहरुले समुहगत रुपमा मिली महिला शहकारी मार्फत घर-घरमा बाख्रा पाल्दै आएका छन् ।
एक हजार तीन सय पचास घर परिवार किसानहरुले यस वर्षको बडा दशैँका लागि पाँच हजार दुई सय सत्तरी खसी बोका विक्रि गर्न तयार पारेका छन् ।
खसी बोकाहरु पच्चिसदेखि पैंतिस किलोग्रामसम्मका छन् भने जिउँदो प्रतिकिलो ५ सय ५० देखि ६ सयसम्ममा बिक्री गर्ने निर्णय पनि उनीहरुले गरेका छन । सबै खसी बोका शहकारीमार्फत बजारीकरणको ब्यवस्था मिलाइएको छ ।
दशैँका लागि पालिएका खसी बोका विक्रि नहुने हो कि भन्ने चिन्त्तामा रहेका धादिङका किसानहरु अब भने यो समस्या नहुनेमा विश्वस्त छन ।
दशैं नजिकिँदै जाँदा खसी बोका किन्नका लागि ब्यापारीहरु गाउँ गाँउमा आउन थालेका र शहकारीले बजारीकरणका लागि सहजिकरण गरेपछि किसानहरु ढुक्क भएका हुन् ।
खासगरी, बाख्रा पालनको पकेट क्षेत्र बनाइएको शिद्धलेक गाउँपालिकामा किसानहरुले यो वर्ष गत बर्षभन्दा निकै राम्रो आम्दानी गर्ने भएका हुन् ।
घाँसमा आधारित बाख्रापालन अहिले यहाँका किसानहरुका लागि आम्दानीको उत्तम श्रोत भएको किसानहरु बताउँछन ।
थोरै संख्यामा खसी बाख्रा पाल्दै आएका किसानहरुले पनि यस वर्ष दुई लाखदेखि दुईलाख पचास हजारसम्म आम्दानी गर्ने किसानहरुको भनाइ छ ।
कृषि क्षेत्रमा काम गर्दे आएका विभिन्न गैर सरकारी संस्थाहरुले धादिङको यो क्षेत्रमा बाख्रा पाल्दै आएका किसानहरुलाई आधुनिक र बैज्ञानिक बाख्राको खोर ब्यवस्थापनका साथै घाँस खेती गर्न सहयोग गर्दै आएको छन।
यसका साथै किसानहरुलाई माउ बाख्रा समेत निःशुल्क वितरण गर्ने गरिएको छ ।।
प्रतिक्रिया राख्नुहोस्