१२ जिल्लाका प्रमुख जिल्ला अधिकारी हेरफेर

काठमाडौँ –  गृह मन्त्रालयले १२ जिल्लाको प्रमुख जिल्ला अधिकारी (सिडिओ) हेरफेर गरेको छ। बुधवार बसेको बैठकले १२ जिल्लाका सिडिओको जिम्मेवारी हेरफेर गरेको हो ।

मन्त्रालयले रामेछापमा राजु प्रसाद पौडेल, डोल्पामा रोमबहादुर महत, बझाङमा ओमप्रसाद भट्टराई, बाजुरामा मेघनाथ पाध्या, मनाङमा मातृका आचार्य, मुगुमा कमलप्रसाद पाण्डे, रुकुम पूर्वमा रुद्रप्रसाद न्यौपानेलाई सरुवा गरेको छ।

यस्तै, दैलेखमा नवराज जैसी, हुम्लामा नारायण पाण्डेय, मुस्ताङमा विष्णुप्रसाद भुसाल, रसुवामा अर्जुन पौडेल र जुम्लामा रामबहादुर शाहीलाई सरुवा गरिएको छ।

त्यस्तै तुलसी प्रसाद दाहलाई गृह मन्त्रालयमा, विश्वमणि कुइँकेललाई कसुरजन्य सम्पत्ति व्यवस्थापन विभागमा, भीमकान्त पौडेललाई गृह मन्त्रालयमा, विनोदकुमार पोखरेललाई मोरङ प्रशासन कार्यालयमा, टोपेन्द्र बहादुर केसीलाई सुर्खेत प्रशासन कार्यालयमा, माधवप्रसाद शर्मालाई गृह मन्त्रालयमा, खिमीराज भुसाललाई गृह मन्त्रालयमा, सुवास कुमार लामिछानेलाई गोरखा प्रशासनमा, जनकराज पन्तलाई गृह मन्त्रालयमा, वेदनिधि खनाललाई ओखलढुङ्गा प्रशासनमा, घनश्याम न्यौपानेलाई कपिलवस्तु प्रशासनमा र खडानन्द खत्रीलाई बाँके प्रशासनमा सरुवा गरिएको छ।

यसै गरी, सानुबाबु खत्रीलाई राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागमा, जितबहादुर भण्डारीलाई तनहुँ प्रशासनमा, पूर्णबहादुर खत्रीलाई डिल्ली बजार कारागारमा, टेककुमार रेग्मीलाई कारागार व्यवस्थापन विभागमा, कमलराज भण्डारीलाई गृह मन्त्रालयमा, लालबहादुर गुरुङलाई अर्घाखाँची प्रशासनमा, सुमनकुमार कार्कीलाई पर्सा प्रशासनमा, वन्दना केसीलाई जाजरकोट प्रशासनमा, धोकराज ढकाललाई मकवानपुर प्रशासनमा, लोकमान श्रेष्ठलाई सुनसरी प्रशासनमा, नवराज पौडेललाई काठमाडौँ प्रशासनमा र ज्ञाननाथ ढकाललाई सल्यान प्रशासनमा सरुवा गरिएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.