कालोपत्रे भएको चार वर्ष नबित्दै तम्घास-सिमलटारी सडकखण्ड जीर्ण

गुल्मी- गुल्मी जिल्लाको मदन भण्डारी राजमार्ग अन्तर्गत तम्घास सिमलटारी सडक खण्ड भत्किन थालेको छ । सडकको तम्घासदेखि सिमलटारीसम्म कालोपत्रे गरिएको सडक भत्किएर जोखिम बन्दै गएको छ ।

कालोपत्रे भएको चार वर्ष पनि नबित्दै गुल्मीको मदन भण्डारी राजमार्ग अन्तरगतको तम्घास सिमलटारी सडक खण्ड जिर्ण बन्दै गएको हो । समयमै सडक हस्तान्तरण नहुँदा र सहायक सडक विस्तारको क्रममा जथाभावी गरिएका कारणले सडक जीर्ण बन्दै गएको छ ।

राजमार्गको विभिन्न स्थानमा सडक भत्किएको छ । कतिपय स्थानमा नालिमा घाँस उम्रिएर सडक जोखिम बन्दै गएको छ । जसले गर्दा राजमार्ग भएर आउ-जाउ गर्ने सवारी साधनहरुले सास्ती खेप्दै आएका छन् ।

राजमार्गको २९ किलोमिटर कालोपत्रे सडक २०७१ मा सुरु भई २०७६ सालमा निमार्ण सम्पन्न भएको थियो । तर सडक निमार्णको जिम्मा लिएको कालिका प्यासिफिक कम्पनीले ८ किलोमिटर सडम क्लियर गरेर नदिएकाले सो सडक हस्तान्तरण हुन सकेको छैन ।

सडक हस्तान्तरण नहुँदा मर्मत संभारमा समेत समस्या परेको छ । अहिले वर्षात् पनि सुरु भएकाले सडकका बिभिन्न स्थानमा फालिएको माटोमा हिलाम्मै बन्दै गएपछि कालोपत्रे सडक हो या होइन भनेर छुट्याउन गाहे बन्न थालेको छ ।

सडकको रैदी राखेढुंगा, छल्दी लगायतका धेरै ठाउँमा सहायक सडक बिस्तारको क्रममा फालिएको माटोले कालोपत्रे सडक दिनहु जीर्ण बन्दै गएको हो करिब एक अर्बको लागतमा लागतमा कालोपत्रे गरिएकोमा राजमार्ग भएर गुल्मी क्षेत्र नम्बर २ का अधिकांश स्थान र छिमेकी जिल्ला बाग्लुङ र प्युठानसम्म सवारी साधन आउ–जाउ गर्दछन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.