मस्कोमा गोली चल्दा २ जनाको मृत्यु, ७ जना घाइते

एजेन्सी –   रुसी अनलाइन रिटेलर वाइल्डबेरीजको कार्यालयमा भएको गोली काण्डमा दुई जनाको मृत्यु भएको छ । साथै ७ जना घाइते भएको रुसी अनुसन्धान समितिले जनाएको छ ।

प्रारम्भिक जानकारीका अनुसार मस्कोको रोमानोभ लेनमा रहेको वाइल्डबेरीको कार्यालयमा गोली हानाहान भएको अनुसन्धान समितिले जनाएको छ । घटनास्थलमा पुगेका दुई कानुन प्रवर्तन अधिकारीसहित सात जना घाइते भएका छन् ।घाइते भएका दुई जनाको मृत्यु भएको छानबिन समितिले जनाएको छ ।

रुसको सबैभन्दा ठुलो अनलाइन रिटेल वाइल्डबेरीजको स्वामित्व रुसी उद्यमी र खुद्रा विक्रेताका संस्थापक र सीईओ तात्याना बाकालचुकको छ । उनका पति भ्लादिस्लाव बाकालचुकको सह–स्वामित्व छ । २० देखि ३० जनाको समूह घटनास्थलमा आइपुग्यो र कार्यालय रहेको व्यापार केन्द्रको प्रवेशद्वारमा झ्यालहरू तोड्न थाले र केही समयपछि गोलाबारी सुरु भयो । गोलाबारीमा कारण झन्डै ३० जनालाई हिरासतमा लिइएको कानुन प्रवर्तन निकायले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.