संविधन संशोधनको कुरा गर्दा झस्किनु पर्दैनः गृहमन्त्री लेखक

काठमाडौँ- गृहमन्त्री रमेश लेखकले संविधान संशोधन गर्नेकुरा उठाउँदा तर्सिनुपर्ने र झस्किनुपर्ने आवश्यकता नरहेको बताउनुभएको छ ।

आईतवार सिंहदरबारमा संविधान सभा सदस्य परिषद् नेपालको केन्द्रिय तदर्थ समितिले दशौं संविधान दिवसको अवसरमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले संविधान परिमार्जनको कुरा उठाउँदा कोही पनि आत्तिनुपर्ने, तर्सिनुपर्ने, झस्किनुपर्ने कुरा नरहेको बताउनु भयो ।

उहाँले संविधान स्वयंले धारा २६५ मा १० वर्षपछि समीक्षा गर् भनेको भन्दै १० वर्षको अभ्यासमा देखिएका समस्या, सवाल र जटिलतालाई सहज बनाउन संशोधन गर्नुपर्ने बताउनु भयो । उहाँले राष्ट्रिय स्तरमा वार्ता, संवाद, छलफल गरी व्यापक छलफल, अन्तरक्रिया र राजनीतिक दलका बीचमा छलफल गरी संविधानलाई परिमार्जन गर्नुपर्ने बताउनु भयो । उहाँले संविधान संशोधनको विषय कुनै एउटा पार्टीको कार्यालयमा बसेर संविधान संशोधन भयो भनेर घोषणा गर्ने र दुई पार्टीले टुँडिखेलमा उभिएर घोषणा गर्ने विषय नभएको बताउनु भयो । एउटा सार्थक र परिणामुखी अन्तरक्रिया, संवाद गरेर सहकार्य गरेर संविधानमा परिमार्जन हुने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘अहिले संविधान परिमार्जनको कुरा हामी उठाइरहेका छौँ, म के आग्र गर्न चाहन्छु भने संविधान संशोधन वा परिमार्जनको कुरा उठाउँदा यसमा आत्तिनुपर्ने, तर्सिनुपर्ने, झस्किनुपर्ने कुनै कुरा छैन । संविधान स्वयंले एक ठाउँमा धारा २६५ जस्तो लाग्छ, आफैँले संविधानले के भनेको छ भने १० वर्षपछि यो भागको समीक्षा गर भनेको छ । हामीले धेरै संवैधानिक आयोगहरु बनाएका छौँ, यो पालि । यो भन्दा पहिलाको संविधानमा ५÷६ वटा मात्रै थिए, यसमा बढेको छ । त्यो जुन संवैधानिक आयोगको भाग छ संविधानमा त्यसको अन्त्यमा एउटा धाराले यस भागमा भएका संवैधानिक आयोगहरुका बारेमा १० वर्षपछि समीक्षा गर भनेर संविधानले भनेको छ । १० वर्षमा संविधानको समीक्षा हुन्छ भनेर स्वयं संविधानले भनिराखेको हुनाले अहिले हामीले तीन कुरा गर्नुपर्छ । पहिलो कुरा संविधानको यो नौ, १० वर्षको अभ्यासमा यसको प्रचलनमा के कस्ता सवाल र जटिलता के देखयो त्यसको मूल्यांकन गर्नुपर्छ ।

त्यसको मूल्यांकन गरी सवल र दुर्बल पक्षको मूल्यांकन गर्ने । त्यसपछि राष्ट्रिय स्तरमा वार्ता, संवाद, छलफल, जसरी हामीले संविधान बनाएका थियौँ, त्यसरी नै व्यापक छलफल, अन्तरक्रिया र राजनीतिक दलका बीचमा छलफल गरी संविधानलाई कसरी परिमार्जन गर्ने भन्ने विषय अघि बढाउने र संविधान परिमार्जन गर्ने विषय हो । संविधान संशोधनको विषय कुनै एउटा पार्टीको कार्यालयमा बसेर संविधान संशोधन भयो भनेर घोषणा गर्ने, अझ दुई पार्टीले टुँडिखेलमा उभिएर घोषणा गर्ने विषय होइन । यो विषय समग्रमा मुलुकमा क्रियाशिल सबै राजनीतिक पार्टीहरुका बीचमा । एउटा सार्थक र परिणामुखी अन्तरक्रिया, संवाद गरेर सहकार्य गरेर संविधानमा परिमार्जन गर्ने विषय भएको हुनाले त्यही ढंगले बुझ्न उचित हुन्छ ।’

गृहमन्त्री लेखकले वर्तमान संविधानको उपलब्धि महत्वपूर्ण रहेको र उपलब्धिको रक्षा गर्नुपर्ने बताउनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.