सहकारी ठगी प्रकरणमा पक्राउ परेका छविलाल जोशीलाई पोखरा पुर्‍याइयो

गण्डकी– सूर्यदर्शन ऋण तथा बचत सहकारी ठगीको कसुरमा पक्राउ परेका नेपाल प्रहरीका पूर्वप्रहरी नायब महानिरीक्षक छविलाल जोशीलाई पोखरा लगिएको छ ।
अभियुक्त जोशीलाई काठमाडौँमा पक्राउ गरेर आज पोखरा ल्याइएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख मोहनकुुमार थापाले बताउनुभयो । निजलाई सोमबार अदालतमा पेस गरिनेछ ।
यस अघि  सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिको प्रतिवेदन कार्यान्वयन गर्न गृह मन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएसँगै जोशी प्रकाउ पर्नु भएको हो ।
समितिले दिएका गृह मन्त्रालयसँग सम्बन्धित सुझाव तथा सिफारिस कार्यान्वयनका लागि प्रहरी प्रधानकार्यालयलाई पत्राचार भएको मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले जानकारी दिनुभयो ।
“गृहमन्त्रालयसँग सम्बन्धित सुझाव कार्यान्वयनका लागि मन्त्रिपरिषद्बाट पत्र प्राप्त भएको र त्यसलाई तत्काल कार्यान्वयनका लागि प्रहरी प्रधानकार्यालयलाई पत्राचार गरिएको उहाँले बताउनुभयो ।
“प्रहरी प्रधानकार्यालयले प्रतिवेदनका सिफारिस अध्ययन गर्ने र सोहीअनुसार कार्यान्वयन प्रक्रियामा अगाडि लैजाने प्रवक्ता तिवारीको भनाइ छ ।”
विभिन्न सहकारी संस्थाको बचत रकम दुरुपयोग भएको विषयमा र सहकारी क्षेत्रमा देखिएका समस्याको समाधान गर्न प्रतिनिधिसभाबाट २०८१ जेठ १५ गते सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा छानबिन गरी सुझाव पेस गर्न समिति गठन भएको थियो । समितिले गत भदौ ३१ गते आफ्नो प्रतिवेदन प्रतिनिधिसभामा पेस गरेको थियो ।
प्रतिनिधिसभाले उक्त प्रतिवेदन कार्यान्वयनका लागि सरकारलाई बुझाएको थियो भने मन्त्रिपरिषद् बैठकले प्रतिवेदन कार्यान्वयनका लागि सम्बन्धित मन्त्रालयमा पठाएउने निर्णय गरेको थियो ।
संसदीय छानबिन विशेष समितिले विभिन्न चारवटा विषयमा अध्ययन अनुसन्धान गरी सुझाव तथा सिफारिसका लागि कार्यादेश पाएको थियो । विभिन्न सहकारी संस्थाबाट गोरखा मिडिया नेटवर्क प्राइभेट लिमिटेडमा प्रवाह भएको रकमको विषय पनि एउटा थियो ।
छानबिन समितिले सहकारी कानुन विपरीत गोरखा मिडिया नेटवर्कमा गएको रकम तथा अन्य विभिन्न सहकारीबाट अपचलन भएको रकमका सन्दर्भमा सहकारी संस्थाका सञ्चालक एवं निर्णय प्रक्रियामा संलग्न सबैलाई कानुनबमोजिम कारबाहीका लागि सम्बन्धित निकायमा पठाउन सरकारलाई सिफारिस गरेको थियो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.