रोयल च्यालेन्जर्स ब्याङ्ग्लोर र दिल्ली क्यापिटल्स विजयी

इन्डियन प्रिमियर लिग (आईपीएल)मा हिजो भएका खेलहरूमा रोयल च्यालेन्जर्स ब्याङ्ग्लोर र दिल्ली क्यापिटल्स विजयी भएका छन्।

यूएईको दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको पहिलो खेलमा ब्याङ्ग्लोरले राजस्थान रोयल्सलाई आठ विकेटले हराउन सफल भयो। ब्याङ्ग्लोरलाई जित दिलाउन एबी डी भिलियर्सले अविजित रहँदै ५५ रन जोडे। ब्याङ्ग्लोर तालिकाको तेस्रो स्थानमा रहेको छ । त्यस्तै हिजै शारजाहा क्रिकेट रंगशालामा भएको खेलमा दिल्ली क्यापिटल्सले गत वर्षको उपविजेता चेन्नई सुपरकिङ्ग्सलाई पाँच विकेटले हराउन सफल भयो।

जितसँगै १४ अंक जोडको दिल्ली साविक विजेता मुम्बई इन्डियन्सलाई पछि पार्दै अंकतालिकाको शीर्ष स्थानमा समेत उक्लेको छ। यसैबीच आईपीएलअन्तर्गत आज पनि दुई खेलहरू हुँदैछन्। पहिलो खेलमा सनराइजर्स हैदरावाद र कोलकाता नाईट राईडर्सबीच खेल हुँदैछ। दोस्रो खेलमा गत वर्षको विजेता मुम्बई इन्डियन्स र किङ्ग्स इलेभेन पञ्जाबबीच खेल हुँदैछ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.