पनौती-खोपासी फाँटका किसानलाई धान काट्ने र भित्र्याउने चटारो (फोटो फिचर)

काभ्रे- नेपालीहरुको महान पर्व दशैं नजिकिंदै गर्दा काभ्रेको पनौती–खोपासी फाँट किसानलाई धान काट्ने र भित्र्याउने चटारोमा छन् । मनसुन पुनः सक्रिय भएसँगै किसानलाई चिन्ता पनि छ ।

धान बेचेर दशैंको खर्च र दशैंका लागि चामल चिउराको जोहो गर्न पर्ने भएकाले पनि यहाँका अधिकांश किसानले दशै अघि नै धान भित्र्याउँदै छन् ।

मंगलबार बिहानदेखि परेको पानीले खेतका गरा हिलाम्मे छन् । पानीसहित आएको हुरीले धान ढलेका छन् । त्यसकारण पनि किसानलाई धान भित्र्याउन हतारो परेको छ । असार र साउनमा रोपेको धान अहिले पाकेर पहेँलपुर भएको छ ।

कतिपय ठाउँमा किसानले धान काटेर पनि भित्र्याइसकेका छन् भने कतिपय ठाउँमा अहिले धान काट्ने र भित्र्याउने चटारो छ । पनौतीको खोपासी फाँटमा किसानले वर्षमा तीन बाली लगाउने गर्छन् ।

त्यहाँका किसानले अब धान काटेर किसानले आलु रोप्ने तयारी गरिरहेका छन् । यति बेला काभ्रेको पनौती–खोपासी फाँटहरु सुनौला धानका बालाले पेहेँलै देखिएका छन् ।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.