वि.पी राजमार्ग एकतर्फी

काभ्रे – अविरल वर्षा सहित आएको लेदोले वि.पी राजमार्ग एकतर्फी भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

वि.पी राजमार्ग अन्तर्गत जिल्ला स्थित रोशी गाउँपालिका वडा नं ८ स्थित चारसयवेशीमा वर्षा सहित आएको लेदोले शुक्रवार बिहान ९ ः ४५ बजेको समयदेखि राजमार्गमा यातायात एकतर्फी सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी नायब उपरीक्षक राज कुमार श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँका अनुसार, प्रहरी, स्थानीय निकाय र सडक विभागको समन्वयमा बाटो खुलाउने प्रयास भइरहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.