नागढुंगा-नौबिसे सडक खण्ड अबरुद्ध, पृथ्वी राजमार्गमा ठाउँ-ठाउँमा पहिरो
धादिङ- अविरल वर्षाले बगाएर ल्याएको लेदोका कारण नागढुङ्गा-नौविसे सडक खण्डमा सवारी आवागमन ठप्प भएको छ ।
धुनिवेशी नगरपालिकास्थित खत्री पौवा नजिकै सिस्ने खोलामा काठमाण्डौँतर्फबाट बगेर आएको लोदो सहितको गेग्रयानका कारण त्रिभुवन राजपथ ठप्प भएको हो ।
यातायात बन्द भएपछि राजधानी प्रवेशका लागि आएका र राजधानीबाट बाहिरिने सवारी साधनहरू सडकमा नै रोकिएका छन् । नौविसे नागढुङ्गा सुरुङ्ग मार्ग भन्दा माथिल्लो भागमा गेग्र्यानसहित लेदो आएको हो ।
हिजोदेखि परेको अविरल वर्षाका कारण पृथ्वी राजमार्गको पनि ठाउँ ठाउँमा पहिरो खसेको र सडक एकातर्फ मात्रै सञ्चालनमा रहेको छ ।
जसले गर्दा सवारी आगमनमा निकै समस्या उत्पन्न भएको छ ।
सडक खुलाउन केही समय लाग्ने प्रहरीले जनाइएको छ । वर्षा भइरहेकोले सो लोदो पन्छाउन समस्या भएको प्रहरीको भनाइ छ ।।
प्रतिक्रिया राख्नुहोस्