देशभरका स्रष्टा एकै ठाउँ 

काठमाडौं– नेपाली कला साहित्य डट कम प्रतिष्ठानले राजधानी काठमाडौंमा देशभरका स्रष्टा भेला पारी विशेष कवि गोष्ठी सम्पन्न गरेको छ ।प्रतिष्ठानले हरेकबर्ष गर्दै आएको ‘एनएलजी विशेष कविता गोष्ठी’ मा यसपटक देश–विदेशका १ सय ७५ जना नेपाली कविहरुको सिर्जना समेटिएको पुस्तक ‘कलाश्री’ समेत लोर्कापण गरियो ।

गोष्ठीमा १६ जना कविहरुले साहित्यिक प्रस्तुति दिनु भएको थियो। गोष्ठीमा डा. गोविन्दराज भट्टराई, विश्वविमोहन श्रेष्ठ, प्रमोद प्रधान, लक्ष्मण गाम्नागे, रामप्रसाद ज्ञवाली, प्रभा भट्टराई, फूलमान वल, कपिल अन्जान, शान्तिप्रिय बन्दना, भैरवी भुगोल, अस्मिता मानन्धर, रोशन परियार, रसिक राज, हेमन्त विवश लगायतले विभिन्न सामाजिक÷राजनीतिक विषयमाथि कविता सुनाउनु भयो ।

लोर्कापित ग्रन्थमाथि समीक्षा गर्दै साहित्यकार महेश पौड्यालले सरकारी प्रतिष्ठानले गर्नुपर्ने काम नीजि पहल प्रयत्नमा स्थापित प्रतिष्ठानले गर्नु निकै अर्थपुर्णरहेको दावी गर्दै ग्रन्थमा नेपालभित्रका मात्र नभई नेपाल बाहिरका स्रष्टाहरु पनि समेटिएको बताउनु भयो ।

त्यस्तै गोष्ठीमा वरिष्ठ साहित्यकार एवं संस्कृतिविद तुलसी दिवस, डा. विमल कोइराला, साहित्य कला डट कम प्रतिष्ठानकी अध्यक्ष मोमिला जोशी, एनएलजी इन्स्योरेन्सका अध्यक्ष विमल वाग्ले, नेपाल विश्वविद्यालय पुर्वाधार विकास समितिका अध्यक्ष डा. अर्जुन कार्की लगायतले ‘कलाश्री: साहित्य बार्षिक’ ग्रन्थको लोकार्पण गर्नुभयो ।

कार्यक्रममा हास्यकवि लक्ष्मण गम्नागेलाई कलाश्री सिर्जना पुरस्कार सम्मानित समेत गरियो । साहित्यकार एवं वरिष्ठ संस्कृतिविद तुलसी दिवसले नेपाली कला साहित्य डट कम प्रतिष्ठानले देशभित्र मात्रै नभई नेपाली साहित्यको अन्तराष्ट्रियकरणमा पनि निकै महत्वपुर्ण भुमिका खेलेको बताउनु भयो । प्रतिष्ठानले हरेकबर्ष नेपालभित्र र नेपालबाहिरको साहित्यिक यात्रा गर्दै आएको छ ।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.