निरन्तरको वर्षाले माथिल्लो तामाकोशी जलविद्युत् केन्द्रको विद्युत उत्पादन बन्द

दोलखा- माथिल्लो तामाकोशी जलविद्युत् केन्द्रको जलाशय भरिएपछि विद्युत उत्पादन बन्द गरिएको छ । निरन्तरको बर्षाका कारण ४ सय ४५ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत् केन्द्रको जलाशय भरिएपछि विद्युत उत्पादन बन्द गरिएको हो ।

जलाशय भरिएपछि पानीको सतह घटाउन विद्युत गृहको उत्पादन बन्द गरिएको माथिल्लो तामाकोशी विद्युत गृहका प्रमुख पूर्ण गोपाल रञ्जितले बताउनुभयो ।

तामाकोशी जलाशयको चारवटै ढोका खोलिएको छ । तामाकोशी विद्युत केन्द्रले जलाशयको सबै ढोका खोलेपछि बाढी आउन सक्ने भन्दै तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.