कुलेखानी जलविद्युत् आयोजनाको जलाशय भरियो, बाँधको ढोका खोल्ने तयारी

मकवानपुर- मकवानपुरको इन्द्रसरोवर गाउँपालिकास्थित कुलेखानी जलविद्युत् आयोजनाको जलाशयमा पानी भरिएपछि ओभरफ्लो भएको छ ।

अविरल वर्षाको कारण कुलेखानी ड्याम भरिएर साइरनसहित ओभरफ्लो भएको कुलेखानी जलविद्युत् आयोजना प्रथमका प्रमुख तारादत्त भट्टले जानकारी दिनुभयो ।

जलाशयको भण्डारण क्षमता समुन्द्री सहतदेखि एक हजार पाँच सय ३० मिटर रहेको छ । निरन्तरको वर्षाले क्षमता बन्दा बढी पानी जम्मा भएपछी कुलेखानी स्वतः ओभरफ्लो भएको हो ।

बाँधको सुरक्षालाई समेत मध्यनजर गरी ड्यामका ढोका खोल्ने तयारीमा रहेको उहाँले बताउनुभयो । “हामि अवस्था हेर्दैछौं, बाँधको ढोका खोल्ने तयारीमा छौं , बिहान ४ बजेर ३० मिनेट देखि पानी स्पिल भैरहेको छ ।” उहाँले भन्नुभयो ।

कुलेखानी बाँधदेखि तल मकवानपुरको सिस्नेरी, ठिंगन वेसी, फापरबारी, राईगाउँ हुँदै सिन्धुली,रौतहट र सर्लाहीका वागमती नदी किनाराका बस्तीहरूमा बाढी आउन सक्ने भन्दै उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ ।

प्रतिकार्यमा खटिने सुरक्षाकर्मीहरू एवं स्वयंसेवकहरू हाइ एलर्टमा रहेको मकवानपुरका प्रमुख जिल्ला अधिकारी तीर्थराज चिलुवालले बताउनुभयो । जलाशयमा पानी भरिएपछि कुलेखानीलाई पूर्ण क्षमतामा चलाईएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.