हनुमन्ते खोलाले ग्याँसको बुलेट नै बगायो, ग्याँस लिक भएको भन्दै स्थानीय त्रसित

काठमाडौँ- भक्तपुरको हनुमन्ते खोलाले ग्याँसको बुलेट बगाएको छ ।

भक्तपुरतर्फबाट बगाएर ल्याएको बुलेट गाडी बाढीमा बग्दै गर्दा ग्याँस लिक भएको पाइएको छ ।

ग्याँस चुहिँदै बुलेट बगेको देखिएपछि स्थानीयहरु त्रसित बनेका छन् ।

अहिले यस क्षेत्रमा ग्याँसको गन्ध आइरहेको स्थानीयले बताएका छन । बगेको बुलेट अहिले च्यासलस्थित एमाले पार्टी कार्यालय नजिकैको पुलमा अड्किएको स्थानीयको भनाइ छ ।

घटनाबारे थप विवरण आउन बाँकी छ ।

(अनलाइन रेडियो नेपालबाट साभार)

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.