केन्द्रीय सुरक्षा समितिको बैठक सिंहदरबारमा सुरु

काठमाडौं – केन्द्रीय सुरक्षा समितिको बैठक सिंहदरबारमा सुरु भएको छ ।

शनिवार गृहमन्त्री रमेश लेखकले बाढी पहिरो सहितका प्राकृतिक प्रकोपमा परेका नागरिकको राहत, उद्धार तथा सहायता प्रभावकारी बनाउने विषयमा छलफल गर्न केन्द्रीय सुरक्षा शमितको बैठक बसेको हो । मुलुकका विभिन्न स्थानमा भइरहेको वर्षा,बाढी पहिरो र डुबानको समस्याबाट जनधनको क्षति हुनका साथै प्राकृतिक जोखिमबाट जनजीवन अस्तव्यस्त बनेको परिस्थितिमा सतर्क रहन गृहमन्त्री लेखकले आग्रह गर्नुभयो । बैठक केही समयअघि सिंहदरबारस्थित गृह मन्त्रालयमा सुरु भएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.