गोरुसिङ्गे–सन्धिखर्क सडक अवरुद्ध

अर्घाखाँची– अविरल वर्षासँगै खसेको पहिराले गोरुसिङ्गे–सन्धिखर्क सडक अवरुद्ध भएको छ । गोरुसिङ्गे–सन्धिखर्क सडकअन्तर्गत शीतगङ्गा नगरपालिकाका विभिन्न स्थानमा खसेको पहिराले गएरातिदेखि सडक अवरुद्ध बनेको हो ।
नगरपालिकाको जनशक्ति, स्थानीय, प्रहरीलगायतको पहलमा पहिरो पन्छाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विपन कार्कीले बताउनुभयो । सडक अवरुद्ध बनेपछि यात्रुबीच बाटोमा अलपत्र परेका छन् ।
सन्धिखर्क–ढोरपाटन सडक वैकल्पिक बाटो पनि अवरोध भएको छ । सन्धिखर्क–गोरुसिङ्गे खण्डको सन्धिखर्क–६ जगतबाट नरपानीसम्म १२ ठाउँमा पहिरोले बाटो अवरोध भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।
शीतगङ्गा–१२ बसेरीबाट शितगङ्गा–२ सीतापुरसम्म तीन ठाउँमा बाटो अवरोध भएको छ । सबै स्थानमा पहिरो पन्छाउने कार्य भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.