जंगली हात्तिको आक्रमणमा एक जनाको मृत्यु

कञ्चनपुर- जंगली हात्तिको आक्रमणमा परी कञ्चनपुर जिल्लामा एक युवकको मृत्यु भएको छ । लालझाडी गाउँपालिका वडा नं.४ डागाँजाइका ५० बर्षिय रामदल रानाको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरिक्षक चक्रराज जोशीले राती १ बजे बस्तिमा पसेका हात्तिको आक्रमणमा परेर रानाको ज्यान गएको बताउनुभएको छ ।

राती हात्ति धपाउने क्रममा उनि हराएका थिए । बिहान उखुबारीमा हात्तिले कुल्चिएको अबस्थामा उनको शव फेला परेको हो ।

हात्ति धपाउने क्रममा ३५ बर्षिय नियनन्द राना पनि सामान्य घाइते भएका छन् । पछिल्लो समय कञ्चनपुर जिल्लामा हात्तिको आक्रमणबाट ज्यान गुमाउनेको संख्या बढिरहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.