नेपाल रेडक्रस सोसाइटीद्वारा बाढी, पहिरो प्रभावितको उद्धार र राहतमा स्वयंसेवक परिचालन

काठमाडौं – नेपाल रेडक्रस सोसाइटीले बाढी पहिरो प्रभावित क्षेत्रमा उद्धार र राहतका लागि स्वयंसेवक परिचालन गरेको छ ।

दुई दिन लगातार परेको अविरल वर्षाको कारण काठमाडौँ उपत्यका सहित विभिन्न जिल्लामा आएको बाढी, पहिरामा परेकाहरूको उद्धार र राहतको लागि स्वयंसेवक परिचालन गरेको हो । शनिवारदेखि बाढी पहिरो प्रभावित क्षेत्रमा उद्धार र राहतका लागि रेडक्रस सोसाइटीका स्वयंसेवक परिचालन गरेको सोसाइटीका कार्यकारी निर्देशक उमेशप्रसाद ढकालले बताउनु भयो । उहाँले रेडक्रस सोसाइटीले विपद्मा पर्नेहरूलाई स्थानीय सरकारसँगको सहकार्यमा राहत र उद्धारमा परिचालित भएको बताउनु भयो । उहाँले देशभर बाढी, पहिरो प्रभावित क्षेत्रमा परिचालन हुन मातहतका सबै स्वयंसेवकहरूलाई अपिल गर्नुभयो । उहाँले रेडक्रस सोसाइटीले विपद् पूर्व सूचना दिने र विपद्मा उद्धार तथा राहतको काम गर्दै आएको बताउनु भयो । उहाँले अहिलेको अविरल वर्षाको कारण परेको विपद्मा पनि काठमाडौँ उपत्यकासहित देशभर राहत र उद्धारमा खटिएको बताउनु भयो । उहाँले विभिन्न जिल्लाबाट राहतको माग भइरहेको भन्दै सोसाइटीको गोदामबाट पायक पर्ने ठाउँबाट राहतहरू वितरण गरिरहेको बताउनु भयो ।

उहाँले विपद्का विषयमा सबै जिल्लाहरूका फोनमार्फत विवरणहरू सङ्कलन गरी उद्धार राहतको लागि टोली परिचालन गरिएको पनि बताउनु भयो । उहाँले आज धेरै जिल्लाबाट राहतको माग भइरहेको बताउनु भयो । उहाँले रेडक्रसले पहिला नै विपद् आइपर्ने अवस्थालाई ध्यान दिई राहत सामग्री विभिन्न जिल्लामा पठाएकाले समयमा नै राहत वितरण समेत सोसाइटीले गरिरहेको बताउनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.