मलेखु-मुग्लिन सडक खण्डको अवरोध हटाउन सुरु

धादिङ–  अविरल वर्षाले गर्दा अवरुद्ध नागढुङ्गा,मलेखु-मुग्लिन सडकको अवरोध हटाउन सुरु गरिएको छ ।

शुक्रवार साँझदेखि राजमार्गका ठाउँ ठाउँमा गएको पहिरोका कारण अवरुद्ध सडक हिजोदेखि एकातर्फी रुपमा सञ्चालनमा ल्याइएको छ।

नागढुङ्गा मुग्लिन सडक खण्डको करिब एक सय स्थान भन्दा धेरै ठाउँमा पहिरो जाँदा राजमार्ग ठप्प जस्तै बनेको थियो  ।

राजमार्ग ठप्प हुँदा  राजधानी प्रवेशका लागी आएका सयौँ सवारीका साधनहरूमा यात्रा गर्ने यात्रुहरू अलपत्र परेका थिए ।

विशेष गरी त्रिभुवन राजपथको नागढुङ्गा नौबिसे सडक खण्ड अन्तरगत पर्ने चन्द्रागिरी नगरपालिका स्थित वडा नम्बर –२ झ्याप्ले खोलामा लोदो सहितको पहिरोले गर्दा सवारी सवारी आवगमन हिजो  साँझसम्म ठप्प भएको थियो ।

सो स्थानको पहिरो पन्छाई हिजो सडक एकतर्फी खुलाए पछि रोकिएका केही यात्रुवाहक र माल वाहक सवारीका साधनहरू सुङ्गमार्ग हुँदै राजधानी प्रवेश गराइएको थियो ।  ।

पृथ्वी राजमार्गको नौबिसे मुग्लीन सडक खण्ड भोलिदेखि दुईतर्फी सवारी सञ्चालनका गर्ने गरी पहिरो पन्छाउने काम सुरु गरेको इलाका प्रहरी कार्यालय गजुरीका प्रमुख डिल्लानारयण पण्डेले बताउनु भएको छ ।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.