दाउन्ने क्षेत्रमा पूर्व पश्चिम राजमार्ग भासिदा यातायात आवागमन ठप्प

पश्चिम नवलपरासी- पश्चिम नवलपरासी जिल्लाको दाउन्ने क्षेत्रमा पर्ने खुर्सानिखोला नजिक पूर्व पश्चिम राजमार्ग भासिदा यातायात आवगमन ठप्प भएको छ ।  आज दिउसो ५ः३० बजेको समयमा राजमार्ग भासिदा यातायातका सवारी साधनहरु आवत जावत पूर्णरुपमा बन्द भएको छ ।

दुईदिन अघि लगात परेको पानीका कारण राजमार्ग भासिन गएको र राजमार्ग माथीको भाग समेत अझै झर्नेक्रमा रहेकाले कति समयसम्म अवरोध हुने भन्नेवारेमा भन्न नसकिने अवस्था रहेको बर्दघाट ईलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक दिपेन्द्र कुमार बानियाले बताउनु भएको छ ।

राजमार्ग माथिको भागमा विद्युतको हाईटेन्सनको पोलसमेत ढलेकाले लामो समय सम्म सडक अवरुद्ध हुनसक्ने संभावना रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.