लुम्बिनी प्रदेशमा विपदबाट एक करोड ४३ लाख बराबरको क्षति

लुम्बिनी– लुम्बिनी प्रदेशमा विपदबाट एक करोड ४३ रुपैँया लाख बराबरको क्षति भएको प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले आज सार्वजनिक गरेको विवरणअनुसार बाढीपहिरो तथा डुबानका ३२ वटा घटना भएको जनाइएको छ । यस अवधिमा अधिक वर्षा, बाढीपहिरो तथा डुबानका घटना घटेका हुन् ।
विपद्मा परेर तीनको मुत्यु, दुई घाइते र एक बेपत्ता भएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सूचना अधिकारी गङ्गाधर पाण्डेले जानकारी दिनुभयो । बाढीमा परेर रुपन्देहीमा दुई र पानीमा डुबेर बाँकेमा एकको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
यो अवधिमा १९ वटा घर भत्किएका छन् भने एक सय ६८ वटा घरमा आंशिक क्षति भएको छ । तीन वटा सरकारी भवनमा आंशिक क्षति पुगेको छ । सात वटा गोठमा क्षति पुगेको जनाइएको छ । लुम्बिनी प्रदेश सरकारले प्राकृतिक विपद्को सम्भावित घटनाबाट हुन सक्ने क्षति कम गर्न मातहतका निकायलाई तयारी अवस्थामा रहन निर्देशन जारी गरेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.