धादिङको परेवा भीरमा पहिरो जाँदा पृथ्वी राजमार्ग अवरुद्ध

धादिङ- गजुरी गाउँ पालिकासम्म वडा नम्बर-२ मलेखुको माछा बजार नजिकै परेवा भीरमा सुख्खा पहिरो खस्दा पृथ्वी राजमार्गमा सवारी आवागमन दुवैतर्फ ठप्प भएको छ ।

पहिरो ठुलो भएकोले अवरुद्ध राजमार्ग खुलाउन केही समय लाग्ने इलाका प्रहरी कार्यालय गजुरीका प्रमुख डिल्लीनारायण पाण्डेले जानकारी दिनु भएको छ । उहाँका अनुसार आज राजमार्गमा सवारी चाप निकै बढेको छ ।

पहिरोका कारण सडक अवरुद्ध हुँदा राजधानीबाट बाहिरिएका र राजधानी प्रवेशका लागि आएका सवारीका साधनहरू रोकिएका छन् ।

 सडक खुलाउनका लागि प्रयास गरिएको भए पनि राति र अँध्यारोका कारण थप समस्या भएको भनाइ छ। सो स्थानमा पहिरो खस्ने समस्या रहेको पनि प्रमुख पाण्डेले बताउनु भएको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.