आजैदेखि देशभरि रुट परमिट खुला

काठमाडौँ – सरकारले आजैदेखि देशभरि रुट परमिट खुला गरेको छ । उक्त रुट परमिट आजदेखि दसैँको पूर्णिमासम्म कायम रहने छ। यसअघि सरकारले दसैँको घटस्थापनादेखि मात्र रुट परमिट खुला गर्ने निर्णय गरेको थियो ।

तर, अविरल वर्षाका कारण राजमार्ग र सडक अवरुद्ध भई यातायात सञ्चालन हुन नसकेको अवस्था र प्राकृतिक विपत्तिका कारण यात्रु बाटोमा अलपत्र गरेका यात्रुलाई उद्धार गर्नुपर्ने भएकाले आजैदेखि रुट परमिट खुला गर्ने निर्णय जनाइएको छ ।

अहिलेकै रुट परमिटलाई आधार मान्दा असहजता उत्पन्न भएका कारण नेपालभर रुट परमिट खुला गरिएको जनाइएको छ । अहिले दशैं सहितका ठुला चाडपर्वमा काठमाडौँ उपत्यकाबाट बाहिर जाने यात्रुको सङ्ख्या बढ्दै गएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.