परेवा भीरमा खसेको पहिरो पन्छाएपछि मुग्लिन-काठमाडौं सडक पाँच घण्टापछि खुल्यो

धादिङ- सुख्खा पहिरोका कारण अवरुद्ध पृथ्वी राजमार्ग करिब पाँच घण्टापछि एकातर्फ खुलेको छ ।

पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिकाको वडा नम्बर-२ मा पर्ने परेवा भिरमा खसेको पहिरोका कारण हिजो साँझ करिब साढे सात बजे सुख्खा पहिरो खस्दा सडक अवरुद्ध भएको थियो ।

जसले गर्दा राजधानीबाट बाहिरिएका र राजधानी प्रवेशका लागी आएका सयौँ सवारीका साधनहरूमा यात्रा गर्ने हजारौँ यात्रु सडकमा नै रोकिएको थियो ।

इलाका प्रहरी कार्यालय गजुरीसहितको टोलीले गजुरी गाउँलेकाको जेसिभी डोजरको सहयोगमा पाँच घण्टा पछि सडक एकातर्फ खुलाउन सफल भएको हो ।

पर्व नजिकिँदै गर्दा राजमार्गमा सवारी चाप बढेको छ तर बिग्रिएको सडकमा यात्रा गर्न निकै जोखिम भएकोले थप समस्या आएको छ ।

इलाका प्रहरी गजुरीका प्रमुख डिल्लीनारायण पाण्डेले सडक निकै जोखिम भएकोले रातको समयमा यात्रा गर्दा निकै सजग हुन सवारी चालकहरूलाई अनुरोध गरेको बताउनु भएको छ । सडक आज दिनभरिमा दुबैतर्फ सञ्चालनमा ल्याइसक्ने पनि प्रमुख पाण्डेले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.