इमेज सहकारीका अध्यक्ष नेपालीलाई थुनामा पठाउने आदेश

काठमाडौँ- बागलुङ्ग जिल्ला अदालतले सहकारीका बचत कर्ताको रकम हिनामिनामा आरोपित इमेज सहकारी संस्थाका अध्यक्ष देब कुमार नेपालीलाई थुनामा पठाउने आदेश गरेको छ ।

बागलुङ्ग जिल्ला अदालतले अध्यक्ष नेपालीलाई पुर्पक्षको लागी कारागार  पठाउने आदेश गरेको हो ।  यस्तैअर्का प्रतिवादी ओम बहादुर नेपाली भन्ने ओम प्रसाद दर्जीभने  एक लाख पचास हजार रुपैया  धरौटीमा रिहाको आदेश गरेको  छ।

सहकारी बचतकर्ताको रकम अपचलन गरी २०८० जेठदेखि फरार रहेका नेपाली बागलुङको ढोरपाटन नगरपालिकाका मेयर समेत हुनुहुन्छ । गत सातामात्र उनि भारतको नयाँ दिल्लीबाट पक्राउ पर्नु भएको थियो ।

उनीसहित ११ जनाविरुद्ध २०८० असार २५ गते जिल्ला सरकारी वकिलको कार्यालय बागलुङले जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो । नेपाली ०७९ को स्थानीय तह निर्वाचनमा एमालेबाट मेयरमा निर्वाचित हुनु भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.