सिन्धुलीमा दुई पक्कि पुलसहित १४ ओटा पुल बगायो

सिन्धुली- २०७१ सालमा सिन्धुलीको गोलञ्जोर गाँउपालिका-७ खुर्कोटबाट मन्थलीको सेलेघाट जोड्ने गरि सुनकोसी नदीमाथि पुल बनेपछि स्थानिय विकास निर्माण सपना जस्तै भएको भन्दै खुसी थिए ।

पुलले रामेछाप सिन्धुलीमात्रै नभएर छोटो दुरीमै विपी राजमार्ग हुदै काठमाण्डौसँग जोडेको थियो । करिब अठार करोड लगानीमा २०७१ साल साउन ६ गते तत्कालिन भौतिक पुर्वधार तथा यातायात मन्त्री विमलेन्द्र निधिले एक भव्य कार्यक्रमका बिच पुलको उद्घाटन गरेसँगै रामेछाप र सिन्धुलीबासी निकै खुसी भएका थिए ।

पुलले रामेछाप दोलखा लगायतका जिल्लाबाट काठमाण्डौ जाँदा सिन्धुलीको खुर्कोटबाट विपी राजमार्ग भएर जान सहज भएको थियो । यतिमात्रै नभएर उक्त पुलले तराइ देखि उत्तर चिन लामा बगरसम्म नजिकिएको भन्दै स्थानीय खुसी भएका थिए ।

तर गत शुक्रबार र शनिबार आएको अविरल बर्षाले पुलको एकतर्फी पुर्णरुपमा बगाएपछि फेरी पुरानै अवस्थामा पुगेको छ । पुलको रामेछापतर्फको भाग बगाएको छ । रामेछापको सेलेघाटतर्फ सडक सहित पुल बगाएको हो ।

दुई दिनको अविरल बर्षाले खुर्कोट सेलेघाटको मात्रै नभएर करिब ११ बर्ष लगाएर करिब चार बर्ष अगाडी मात्रै निर्माण भएको रामेछापको खाडादेवी गाँउपालिका र सिन्धुलीको सुनकोसी गाँउपालिका जोड्ने पक्कि पुल बगाएको छ ।

भ्याटबाहेक कुल ७ करोड ७८ लाख ९९ हजार पाँचसय २० रुपैयामा ९०.५ मिटरको पक्कि पुल दुई दिनको बर्षापछि आएको बाढीले बगाएको हो । २०७४ साल असार ३० गते निर्माण सम्पन्न गर्नुपर्ने पुल २ बर्ष ढिला निर्माण गरि निर्माण सम्पन्न भएको थियो ।

नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एक कार्यक्रमका बिच उद्घाटन गर्नुभएको पुल पाँच बर्षपनि सञ्चालन नहुदै सुनकोसी बगाएपछि खाडादेवी दोरम्बा लगायतका क्षेत्रका स्थानिय चिन्तित भएका छन् । पुलले विपी राजमार्ग हुँदै रामेछापको पश्चिमी भेग र काठमाण्डौलाई छोटो दुरीमा जोडेको थियो ।

दुईवटा पक्कि पुल र १२ ओटा झोलुङगे पुलमा बाढी र पहिरोले क्षति गरेको छ । १२ ओटा झोलुङगे पुल मध्ये फिक्कल पचकन्याबाट ओखलढुङगा जाने पुल आंशिक क्षति भएको छ भने बाकी सबै पुर्ण क्षति भएको र सुचारु गर्न नसकिने अवस्थामा रहेको प्रमुख जिल्ला अधिकारी लिलाप्रसाद शर्माले जानकारी दिनुभयो ।

सुनकोसी बाढीले क्षतबिक्षत बनाएको सिन्धुलीको गोलन्जोरस्थित झाेलुङ्गे पुलबाट जोखिम मोलेरै आवतजावत गर्दै स्थानिय

उहाँका अनुसार प्रारम्भिक तथ्याङकअनुसार ९ ओटा झोलुङगे पुल बगाएको छ भने अन्य २ ओटा पुर्ण क्षति गरेको र हाल सुचारु नहुने अवस्थामा रहेको छ ।

अझै विस्तृत तथ्याङक आउन बाकी रहेको छ । सुनकोसी नदी सहित विभिन्न खोलाहरुको पुल बगाएपछि स्थानिय जोखिम मोलेर आवातजावत गर्न बाध्य भएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.