बाढी प्रभावित क्षेत्रमा सेनाको नि:शुल्क स्वास्थ्य शिविर
सप्तरी- नेपाली सेनाको श्री बरख गणले सप्तरीको दक्षिणी सीमावर्ती बलानबिहुल गाउँपालिका निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।
पालिकाको वडा नं.१ स्थित मल्हनियाँमा एक दिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरी सर्वसाधारणहरूलाई सेवा प्रदान गरिएको सेनाले जनाएको छ ।
गत साताको अविरल वर्षाको कारण उक्त पालिकाका केही स्थानसमेत डुबान तथा कटानबाट प्रभावित भएका थिए ।
शिविरमा विशेषज्ञ चिकित्सकद्वारा बहिरङ्ग सेवा, दन्त उपचार सेवा, आँखा जाँच सेवाका साथै प्रयोगशाला परिक्षण सेवासमेत प्रदान गरिएको गणका गणपति प्रमुख सेनानी रमेश पाण्डेले जानकारी दिनुभयो ।
पाण्डेले आफ्नो निजी पहलमा नजिक आँखा नदेख्ने समस्या पहिचान भएका तीन सय जना बिरामीहरूलाई निःशुल्क चस्मा वितरण गर्नुभएको थियो ।
स्वास्थ्य शिविरमा गणका साथै राजविराजस्थित छिन्नमस्ता अस्पताल, श्री नं. २७ फि.ए. गुल्म तथा बालानबिहुल गाँउपालिकाको स्वास्थ्य शाखाका स्वास्थ्यकर्मीहरूले करिव पाँच सय जनालाई सेवा दिएका थिए ।।
प्रतिक्रिया राख्नुहोस्