काठमाडौँ, ललितपुर र भक्तपुरसहित १४ जिल्ला विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरिने

काठमाडौँ – सरकारले काठमाडौँ, ललितपुर र भक्तपुरसहित १४ वटा जिल्लालाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गर्ने भएको छ ।

शुक्रवार सिंहदरबारमा बसेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण कार्यकारी समितिको बैठकले सो निर्णय गरेको हो । बाढी, पहिरो र डुबानबाट अति प्रभावित १४ जिल्लामा पुनः स्थापना र पुनर्निर्माणको कामलाई प्राथमिकताका साथ तीव्रता दिने गरी स्थानीय तहको समेत किटान गरी विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरिएको प्राधिकरणका सहसचिव वसन्त अधिकारीले जानकारी दिनुभयो । गृहमन्त्री रमेश लेखकको अध्यक्षतामा बसेको सो बैठकमा अति प्रभावित जिल्लाका स्थानीय तहको पनि नाम उल्लेख गरी सङ्कटग्रस्त क्षेत्र घोषणा गरिने उल्लेख गरिएको छ ।

प्राधिकरणका सहसचिव अधिकारीले भन्नुभयो, ‘विशेष गरी अस्तिको १० गते पछिको ताप्लेजुङ, काभ्रे, पाँचथर, काठमाडौँ, संखुुवासभा, ललितपुर, सोलुखुम्बु, भक्तपुर, दोलखा, सिन्धुली, रामेछाप, मकवानपुर, सिन्धुपाल्चोक र धादिङ जिल्ला बढी प्रभावित भएको देखियो । हामी स्थानीय तहको पनि सङ्ख्या तोक्छौँ । अहिले मैले अघि भानेअनुसारको जिल्लामा ऐनको दफा ३२ बमोजिम विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरिनेछ ।’ 

गत असोज ११ १२ गते अविरल वर्षासँगै आएको बाढी, पहिरो र डुबानले ठुलो जनधनको क्षति भएपछि सरकारले अति प्रभावित जिल्लाहरूको पहिचानका लागि सङ्कटग्रस्त क्षेत्र घोषणा गर्न लागेको हो । प्राधिकरणको पछिल्लो तथ्याङ्क अनुसार विपद्मा परी २३९ जनाको मृत्यु भएको छ भने घाइते १६९ घाइते, १८ जना अझै बेपत्ता रहेका छन् ।  १७ हजार १२० जनाको उद्धार गरिएको पनि प्राधिकरणको पछिल्लो तथ्याङ्क रहेको पनि सहसचिव अधिकारीले बताउनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.