काभ्रेका शक्तिपीठहरुमा दर्शनार्थीको घुँईचो

काभ्रे- बडा दशैं शुभारम्भ भएसँगै काभ्रे जिल्लाको विभिन्न शक्तिपीठहरुमा दर्शनार्थीको घुँईचो लागेको छ ।

विशेष गरी पाँचखाल नगरपालिकाको पलाञ्चोक भवगती मन्दिर र बनेपाको चण्डेश्वरीमा रहेको चण्डेश्वरी मन्दिर र बनेपा नालामा रहेको नाला भगवतीमा दर्शनार्थीहरु पूजाआजका लागि पुग्ने गरेका हुन् ।

धार्मिक दृष्टिकोणले अत्यन्तै महत्वपूर्ण मानिएका यी शक्तिपीठहरुमा घटस्थापनादेखि दशैंको नवमीको दिनसम्ममा विशेष पूजाआज हुने गर्दछ ।

बनेपाको एक प्रमुख आकर्षण धार्मिक शक्तिपीठ चण्डेश्वरीमा दर्शनार्थीहरुको ठुलो घुँईचो लाग्ने गरेको छ । ‘चण्डाशुर दैत्यलाई माता चण्डेश्वरीले बध गरेको स्थान भएकाले चण्डी पूर्णीमा र दशैंमा ठुलो मेला लाग्ने गर्दछ ।’

यस्तै पलाञ्चोक भगवतीको मन्दिर जिल्लाको साविक साठीघर भगवती गाविसको पलाञ्चोकमा अवस्थित छ । काभ्रेको पाँचखालबाट ७ किलोमिटर पूर्वतर्फ रहेको यो मन्दिर लिच्छवीकालिन राजा मानदेवले आफ्नी आमाको सम्झनामा निर्माण गर्न लगाएका हुन् ।

शिल्पकलाको दृष्टिले पलाञ्चोक भगवतीको मूर्ति अद्धितीय मानिन्छ । सो मन्दिरमा दशैंको अष्टमीको दिन राष्ट्रपतिबाट विशेष पूजाआज गर्ने गरिन्छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.