नुवाकोट गाडी दुर्घटना एकको मृत्यु. पाँच घाइते

नुवाकोट- नुवाकोटको पूर्वी भेगमा रहेको काफलडांडामा गाडी दुर्घटनाग्रस्त भएको छ । दुर्घटनामा एक जनाको ज्यान गएको छ ।

चालकसहित पाँच जना घाइते भएका छन् । सदरमुकाम विदुरदेखि ३० किलोमिटर पूर्वमा रहेको शिवपुरी गाउँपालिका ८ काफलडांडामा शनिवार काठमाडौवाट नुवाकोट हुँदै लमजुङ जाने क्रममा रहेको बा १४ च ३८५४ नम्बर को निजी हाइलक्स गाडी सडकमार्गवाट ५० मिटर तल खसेर दुर्घटनाग्रस्त हुँदा काठमाडौँको तारकेश्वर नपा ९ का ५८ वर्षीय उपेन्द्र खनालको ज्यान गएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

छहरे–टोखा–गँगटे–गल्छी सडक मार्गको बिचमा रहेको काफलडांडाको दुर्घटनामा परि चालक काठमाडौँको तारकेश्वर १ का ४६ वर्षीय विश्वनाथ अधिकारी, नागार्जुन ३ का ६३ वर्षीय चन्द्रनाथ शर्मा, तारकेश्वर ९ मनमैजुका ५२ वर्षीय रामशरण अधिकारी, ७६ वर्षिया हरिकला खनाल र ५१ वर्षिया गायत्री खनाल घाइते भएको प्रहरी उपरीक्षक शान्तिराज कोइरालाले जानकारी दिनुभयो ।

उहाँका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका  उपेन्द्र खनालको काठमाडौँको त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा उपचारका क्रममा ज्यान गएको हो ।

दुर्घटना लगत्तै स्थानीयवासी, जनप्रतिनिधि र प्रहरीले घाइतेको उद्धार गरेका थिए । घाइतेहरूको काठमाडौँको विभिन्न अस्पतालमा उपचार भइरहेको नुवाकोट प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.