विपद् प्रभावित स्थानीय तहलाई बागमती प्रदेश सरकारले आर्थिक सहायता उपलब्ध गराउने

मकवानपुर- बागमती प्रदेश सरकारले विपद् जोखिमयुक्त ४५ वटा स्थानीय तहलाई ५ करोड ८० लाख रुपैयाँ आर्थिक सहायता प्रदान गर्ने निर्णय गरेको छ ।
शनिबार हेटौंडामा मुख्यमन्त्रीको अध्यक्षतमा बसेको मन्त्रिपरिषद् बैठकले बढी क्षती भएका ७ वटा स्थानीय तहलाई २० लाख, १२ वटा स्थानीय तहलाई १५ लाख र २६ वटा स्थानीय तहलाई १० लाखका दरले रकम दिने निर्णय भएको सरकारका प्रवक्ता आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेले बताउनुभयो ।
बाढीपहिरोबाट धेरै क्षति पुगेका काभ्रेको रोशी, बेथानचोक र तेमाल गाउँपालिका तथा पनौती नगरपालिका, सिन्धुलीको सुनकोशी गाउँपालिका, ललितपुरको महांकाल गाउँपालिका र मकवानपुरको इन्द्रसरोबर गाउँपालिका लाई बढी जोखिमयुक्त क्षेत्र भएकाले २० लाखका दरले १ करोड ४० लाख रकम निकासा दिने निर्णय भएको छ ।
काठमाडौंको चन्द्रागिरी नगरपालिका र नागार्जुन नगरपालिका, ललितपुरको गोदावरी नगरपालिका, कोन्ज्योसोम गाउँपालिका, बागमती गाउँपालिका, सिन्धुपाल्चोकको जुगल र लिसंखुपाखर गाउँपालिका, भक्तपुरको सूर्यविनायक नगरपालिका, मकवानपुरको बागमती गाउँपालिका, रामेछापको खाँडादेवी गाउँपालिका, दोलखाको बिगु र धादिङको गजुरी गाउँपालिकामा  १५ लाखका दरले १ करोड ८० लाख रुपैयाँ रकम निकासा गर्ने निर्णय भएको मन्त्री लामिछानेले बताउनुभयो ।
दोलखाको शैलुङ, गौरीशंकर र तामाकोशी गाउँपालिका, धादिङको बेनिघाट रोराङ, नेत्रावती डब्जोङ गाउँपालिका र धुनिवेशी नगरपालिका, रामेछापको मन्थली र रामेछाप नगरपालिकासहित गोकुलगंगा, दोरम्बाशैलुङ, सुनापति, लिखुतामाकोशी र उमाकुण्ड गाउँपालिकामा १० लाखका दरले रकम निकासा गर्ने मन्त्रिपरिषद् बैठकले निर्णय गरेको छ ।
यस्तै, सिन्धुलीको गोलन्जोर र फिक्कल गाउँपालिका मकवानपुरको बकैया गाउँपालिका, सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका, भोटेकोशी, पाँचपोखरी थाङपाल र हेलम्बु गाउँपालिका, काभ्रेको नमोबद्ध, मण्डनदेउपुर नगरपालिका , चौरीदेउराली, महाभारत गाउँपालिका र चितवनको माडी नगरपालिका र इच्छाकामना गाउँपालिकालाई दश–दश लाख दिने निर्णय भएको मन्त्री लामिछानेले बताउनुभयो ।
प्रदेश विपद् व्यवस्थापन कोष मार्फत् सम्बन्धित पालिकाको खातामा रकम पठाइने बताइएको छ । यो रकम तत्कालका लागि राहत वितरण लगायत विपद्को क्षेत्रमा खर्च गर्न सक्ने मन्त्री लामिछानेले बताउनुभयो ।
बैठकले आर्थिक मामिला तथा योजना मन्त्रालयबाट विपद् व्यवस्थापन कोषमा १० करोड ५० लाख रुपैयाँ निकासा गर्ने समेत निर्णय गरेको छ ।
बैठकले ललितपुर महानगरपालिका–२५ सुगम टोलस्थित नख्खु खोलामा बग्दै गरेका दुई जनाको सकुशल उद्दार गरेका काभ्रेका चणिकलाल तामाङलाई एक लाख ५० हजार नगदसहित प्रमाणपत्र समेत प्रदान गर्ने निर्णय गरेको छ । विपद्कोषमा मुख्यमन्त्री लगायत प्रदेश मन्त्रीहरुले १५ दिनको पारिश्रमिक उपलब्ध गराउने भएका छन् ।  

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.