हवाई यात्रा बिस्तारै सहज हुँदै छ, थप व्यवस्थित बनाउँछौँ: पर्यटन मन्त्री पाण्डे

काठमाडौँ – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले आन्तरिक हवाई उडान सहज बनाउने गरी सरकारले काम गरिरहेको बताउनुभएको छ ।

उहाँले पछिल्लो मनसुनजन्य विपद्का कारण सडक सञ्जाल अवरुद्ध हुँदा हवाई उडानको माग बढिरहेको भन्दै हवाई उडानलाई थप व्यवस्थित र सहज बनाउने काम भइरहेको बताउनुभएको हो ।

एन टिभी अनलाइनसँग कुरा गर्दै मन्त्री पाण्डेले सडक सञ्जाल पनि अहिले खुलाउने प्रयास भइरहेको र हवाई उडानलाई पनि बिहानदेखि रात्रिकालीन समयसम्म सञ्चालन गरिरहेकाले केही सहज वातावरण बन्दै गएको उल्लेख गर्नुभयो । उहाँले चाडपर्वको बेलामा काठमाडौँ उपत्यकाबाट बाहिर जानेहरूको सङ्ख्या बढी हुने भएकाले विमानको टिकट महँगो हुने गरेको बताउनु भयो । उहाँले यात्रुहरू सहर वाट गाउँतर्फ जाने बढी हुने भएकाले गाउँबाट रित्तो जहाज फर्किनुपर्ने बाध्यताका कारण पनि केही रकम महँगो भएको बताउनु भयो । सरकारले महँगो हुन नदिनका लागि अनुगमन र नियमन गरिरहेको पनि बताउनु भयो । यस पटक धेरै टिकटहरू पहिला नै विक्री भइसकेको र विपत्ति आइसकेपछि हवाई मार्गको यात्रा रोज्दा टिकटको चाप बढेको बताउनु भयो ।

उहाँले त्यसका लागि बिहान साढे ४ बजेदेखि राति उडान गर् नसक्ने समयसम्म उडान गरिरहेको बताउनु भयो । त्यसका लागि नेपाल एयरलाइन्स र निजी एयरलाइन्सहरूसँग धेरै भन्दा धेरै उडान गर्न आग्रह गरेको पनि बताउनु भयो । रात्रिकालीन सेवामा अवतरणपछि गन्तव्य स्थलमा पुग्नका लागि पनि विमानस्थल क्षेत्रका यातायात व्यवसायीहरूसँग समन्वय गरे बढी भाडा नलिकनै यात्रुहरूलाई घरसम्म पुग्ने वातावरण सिर्जना गर्न आग्रह गरिएको बताउनु भयो ।  यात्रा सहज बनाइ यात्रुलाई सुविधा दिनका लागि थप प्रभावकारी ढङ्गले काम गरिरहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘११ र १२ गते जुन भीषण वर्षा भयो, त्यसपछि एक प्रकारको ठुला विपत्ति व्यहोर्नुपर्‍ यो । त्यस कारण सडक सञ्जालहरू अवरुद्ध भए । केही सडक खण्डहरु अझै पनि खुल्न सकेको अवस्था छैन । त्यो अवस्थामा हवाई क्षेत्रमा स्वभाविक रूपमा चाप बढ्यो । चाडपर्वको बेलामा काठमाडौँ उपत्यकाबाट बाहिर जानेहरूको सङ्ख्या बढी हुने गर्दछ । जसले गर्दा प्लेनको टिकटहरू प्राप्त गर्न पनि कठिन हुने र टिकटको मूल्य पनि बढ्ने । किनभने एकतर्फी राम्रोसँग चल्ने र अर्को तर्फी फुल प्यासेन्जर हुँदैनन्, खालि आइरहेका छौँ भनेर एयरलाइन्सहरूले आफ्नो गुनासो सुनाउने अवस्था छ । यस पटक विपत्ति र चाडबाड दुवै सँगै आएको हुनाले समस्या भएको हामीले महसुस गरेका छौँ । हवाई टिकटमा बढी मूल्य लिने गरिएको छ की भनेर हामीले निगरानी राखी नै रहेका छौँ । अनुगमन भइरहेको छ । तर यस पटक धेरै टिकटहरू पहिला नै विक्री भइसकेको, विपत्ति आइसकेपछि टिकट खोज्दा दसैँ र विपत्ति दुवैले गर्दा टिकटको चाप देखियो । बिहान साढे ४ बजेदेखि राति जति बजेसम्म उडाउन सकिने हो, जुन जुन एयरपोर्टमा रात्रिकालीन सेवा दिन सकिन्छ, त्यसमा रात्रिकालीन सेवा दिने गरी हामीले निर्णय गरेका छौँ । जसले गर्दा इतिहासमै यति धेरै फ्लाइट र यात्रुहरूको आवतजावत भएको थिएन, त्यो स्थिति निर्माण ग¥यौँ । रात्रिकालीन उडानपछि गन्तव्यसम्म पुग्नको लागि हामीले विमानस्थल स्थित यातायात व्यवसायीहरूसँग छुट्टै छलफल ग¥यौँ । उहाँहरूलाई काम पनि बढी पाउनुभएको छ रात्रिकालीन सेवा भएपछि, त्यस कारण थप बढी मूल्य नलिन आग्रह गरेका छौँ । तोकिएको रेट भन्दा बाहिर जाँदैनौँ भनेका छन् । तोकिएको रेट तिरेर र बिल काटेर जाने कुरा पारदर्शी हुन्छ भन्नेमा सहमत हुनुभयो । सामाजिक उत्तरदायित्वलाई नबिर्सिने वचनबद्धता दिनुभयो । यात्रा र यात्रुलाई सहजता दिनका लागि थप प्रभावकारी काम गरिरहेका छौँ । फ्लाइटको सङ्ख्या बढेपछि स्वाभाविक रूपमा टिकटमा बिस्तारै सहजता हुँदै गएको छ । फ्लाइट बढाइदिन आग्रह गर्नुभएको छ । नेपाल एयरलाइन्स र निजी एयरलाइन्ससँग समन्वय गरेर सकेसम्म बढी फ्लाइट गरिदिन आग्रह गरेका छौँ । बिस्तारै सहज हुँदै गएको छ र थप सहज हुनेछ ।’

मन्त्री पाण्डेले फ्लाइटको सङ्ख्या बढेपछि स्वाभाविक रूपमा टिकटमा बिस्तारै सहजता हुँदै गएको बताउनु भयो । यात्रुको चापअनुसार उडान बढाइदिन पनि एयरलाइन्सहरूसँग आग्रह गरेको बताउनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.