आन्तरिक हवाई उडानमा अत्यधिक चाप (फोटो फिचर)

काठमाडौँ- बाढी पहिरोले सडक यात्रा सहज नभएसँगै पछिल्ला दिनहरुमा आन्तरिक  उडानमा यात्रुहरुको चाँप बढ्दै गएको छ । विगतका दिनहरुको तुलनामा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट क्षमताभन्दा बढी उडान र अवतरण भइरहेका छन् ।  विमानस्थलको टर्मिनलमा भीडभाड बढेको छ । यात्रुहरुले खचाखच देखिन्छन् ।

एयरलाइन्सलाई उडान व्यवस्थापनमा हम्मे हम्मे परिरहेको छ। विमानको उडान सङ्ख्या बढेपछि विमानस्थलमा एयर ट्राफिक चाप बढेको छ। अर्का तर्फ आन्तरिकमा धेरै उडान एकदेखि दुई घण्टासम्म ढिला हुने गरेका छन्। अन्तर्राष्ट्रियतर्फ एकघण्टा भन्दा बढी समयसम्म विमान होल्डमा बसेर अवतरण गर्नुपरेको छ।

आन्तरिक र अन्तर्राष्ट्रिय गरी विमानस्थलको क्षमता सामान्य रूपमा प्रतिदिन ४ सय ५० उडान र अवतरण हो। तर बाढी पहिरो आएदेखि आन्तरिकतर्फ मात्र दैनिक करिब ३ सय ३५ उडान तथा अवतरण भइरहेका छन् ।  हरेक दिन आन्तरिकतर्फ २ सय २० उडान र अवतरण हुने गरेकोमा हाल ४५ प्रतिशतले बढेको विमानस्थलका प्रवक्ता रिन्जी शेर्पाले जानकारी दिनुभयो ।

अप्रत्याशित बृद्धिले एयर ट्राफिक व्यवस्थापन पनि चुनौतीपूर्ण भएको विमानस्थलले जनाएको छ ।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.