हिमालय एयरलाइन्सले पोखरा र भैरहवामा आन्तरिक उडान गर्ने

काठमाडौँ – हिमालय एयरलाइन्सले पोखरा र भैरहवामा पनि उडान गर्ने भएको छ ।

निजी वायुसेवाका साना विमानमा यात्रुको चाप तथा टिकट सहजै नपाइने भएपछि हिमालयले पोखरा र भैरहवामा उडान गर्न लागेको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा दसैँअघि उडान गर्न लागेको हिमालयका उपाध्यक्ष विजय श्रेष्ठले बताउनुभयो । उहाँले भन्नभयो, ‘यदि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नेपाल नागरिक उड्डयन प्राधिकरणले हिमालय एयरलाइन्सलाई अनुमति जारी गर्छ भने हामी उडान भर्न सकारात्मक छौँ।’

हिमालयले यात्रुको माग अनुसार यी दुई रुटमा १ सय ८० सिटको न्यरोबडी वा १ सय १४ सिट क्षमताको एयरबस ए–३१९ पठाउन लागेको जनाएको छ ।

असोज ११ र १२ गते आएको भरी वर्षापछिको बाढी पहिरोले राजमार्गहरू अवरोध भएपछि नेपाल वायुसेवा निगम र हिमालय एयरलाइन्सका न्यरोबडी विमान पठाउन सरकारले पहल गरेको पर्यटन राज्यमन्त्री अरुण चौधरीले जानकारी दिनुभयो । ‘नेपाल वायुसेवा निगमले आइतबार उडान अनुमतिका लागि प्राधिकरणमा पहल गरिसकेको छ । अनुमति प्राप्त हुने बित्तिकै निगमको भैरहवा उडानको टिकट विक्री खुल्दै छ । हिमालयलाई पनि यात्रुको चाप अनुसार, पोखरा र भैरहवामा उडान अनुमति दिन सरकारले पहल गरिरहेको छ’, उहाँले भन्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.