गृहमन्त्री लेखकद्वारा बाढीपहिरो प्रभावित भूमिडाँडा र बेथानचोक क्षेत्रको निरीक्षण

लाभग्रँही विवरण चाँडै सङ्कलन गर्न स्थानीय जनप्रतिनिधिलाई गृहमन्त्रीको आग्रह

काभ्रे –  नेपाल सरकारका गृहमन्त्री रमेश लेखकले बाढी पहिरोबाट प्रतिभावितहरुको लाभग्राही विवरण चाँडै सङ्कलन गर्न स्थानीय जनप्रतिनिधिलाई गृहमन्त्रीको आग्रह गर्नुभएको छ । सोमबार, बाढी पहिरोबाट प्रभावित काभ्रेको पनौती नगरपालिका वडा नं १२ स्थित कलाँती र बेथानचोक गाउँपालिकाको वडा नं ४ स्थित चलालगणेशस्थानको स्थलगत अनुगमन गर्दै गृहमन्त्री लेखकले बाढी पहिरोबाट प्रतिभावितहरुको लाभग्राही विवरण चाँडै सङ्कलन गर्न स्थानीय जनप्रतिनिधिलाई गृहमन्त्रीको आग्रह गर्नुभएको हो ।

स्थलगत अनुगमनमा बाढी र पहिरोमा परेर धेरै घरबारविहीन भएको अवस्था आफूले देखेको बताउँदै उहाँले ‘वासस्थान नभएका ५ जनासम्मको परिवारलाई १५ हजार, ५ जना भन्दामाथिका परिवार भएकालाई २० हजार रुपैंया सरकारले तत्कालै वितरण गर्ने जानकारी दिनुभयो । ‘यसको लागि स्थानीय तहका जनप्रतिनिधिले लाभग्राहीको विवरण सङ्कलन गरेर सरकारलाई पठाउनुपर्नेछ’,उहाँले भन्नुभयो, ‘यहाँ प्राप्त विवरणको आधारमा सरकारले ३ दिनभित्र रकम व्यवस्थापन गर्नेछ ।’

प्राकृतिक विपत्तिका कारण यस क्षेत्रमा धेरै मानवीय एवं भौतिक क्षति भएकोमा दुःख व्यक्त गर्दै, उहाँले भन्नुभयो, ‘प्राकृतिक विपतिकारण भएको क्षतिमा सरकार पिडामा छ, पीडाको बेलामा सरकारले गम्भीरतापूर्वक काम गर्नेछ ।’ उहाँका अनुसार, सरकारले पहिलो चरणमा राहत वितरणलाई प्राथमिकतामा राखेर काम  त्यसपछि सडक सञ्चार, बिजुली, दूरसञ्चार, खानेपानी व्यवस्थापन लगायतका नागरिकको आधारभूत आवश्यकताको व्यवस्थापनमा सरकारले काम गर्नेछ । यससँगै स्वास्थ्य सेवा व्यवस्थापन र विपत्तिका कारण निम्तिन सक्ने महामारीजन्य रोगहरूको नियन्त्रणका लागि काम गर्ने सरकारले योजना बनाएको उहाँले बताउनुभयो ।

विपद्को समयमा बाढी र पहिरोमा परेका प्रभावितहरूलाई खोजी, उद्धार तथा राहत वितरण कार्यमा सक्रिय रूपमा काम गर्ने नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीय जनप्रतिनिधिलाई धन्यवाद दिदैं थप मिहिनेतका साथ जनताको सेवामा लाग्न उनले सुरक्षाकर्मी तथा स्थानीय जनप्रतिनिधिलाई आग्रह गर्नुभयो ।

सोमबार, काभ्रेको प्रभावित क्षेत्रको अनुगमनपश्चात् गृहमन्त्री लेखकलाई विपद्बाट भएको घटनाबारेमा जिल्ला प्रशासन कार्यालय काभ्रेमा जिल्लागत क्षति विवरणको बारे प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले जानकारी गराउनुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.