फुलपातीको दिन निगमले न्यारोबडी जहाजबाट काठमाडौँ -भैरहवा उद्दार उडान गर्ने

काठमाडौँ- नेपाल वायुसेवा निगमले न्यारोबडी जहाजबाट काठमाडौं- भैरहवा र भैरहवा-काठमाडौं उडान गर्ने भएको छ ।

गत असोज ११ र १२ गतेको अविरल वर्षाका कारण काठमाडौं उपत्यकाबाट बाहिर जाने / आउने राजमार्गहरु बाढी तथा पहिरोले क्षतिग्रस्त बनाएको हुँदा स्थल आवागमनमा कठिनाई भएको बेला निगमले न्यारोबडी जहाजबाट भैरहवाका लागि फुलपातिको दिन उडान भर्न लागेको हो ।

सम्मुखमा नै आएको नेपालीहरुको महान पर्व वडादशैमा आ- आफ्नो जिल्ला स्थित घर आउन / जान सहज होस भनी बडादशैंको फुलपातीको दिन अर्थात् मिति २०८१ असोज २४ गते (१० अक्टोवर २०२४) काठमाडौं- भैरहवा काठमाडौं निगमको A320 जहाजबाट उद्दार उडान गर्ने जानकारी गराइन्छ” निगमका प्रवक्ता रमेश पौडेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

यस विषम परिस्थितिमा उद्दार उडानमा खटिन  संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री  बद्री प्रसाद पाण्डेज्यूको विशेष निर्देशन भए अनुसार निगमको कार्यकारी अध्यक्ष युवराज अधिकारीको विशेष पहल रहेको निगमले विज्ञप्ति मार्फत जानकारी दिएको छ ।

यात्रुहरुले निगमको आन्तरिक विक्रि कार्यालय, निगमको Website (www.nepalairlines.com.np) वा आफ्नो मोबाइलबाट समेत Online Ticket लिन सकिने व्यवस्था रहेको छ ।

आरए १७३३ उडान नम्बर रहेको जहाज बिहान ११ बजे काठमाडौंबाट उड्ने भएको छ । यस उडानमा ३० किलोसम्म लगेज नि:शुल्क बोक्ने समेत नेवानिले जनाएको छ । यसकालागि भाडा ७ हजार कायम गरिएको छ । १२।३० बजे भैरहवाबाट काठमाडौं उड्ने विमानको भाडा ३ हजार ८९० राखिएको छ ।

राष्ट्रलाई समस्या परेको बेला विगतमा झैं नेपाल सरकारको निर्देशन बमोजिम यस पटक समेत आपत विपत् परेका नेपालीहरुको उद्दारमा खटिई राष्ट्रलाई योगदान गर्न सकेकोमा गौरवान्वित महसुस भएको छ । यस्ता उद्दार कार्यमा सहभागी हुन र राज्यको सशक्त उपस्थिति देखाउन राष्ट्रिय ध्वजावाहकको आवश्यकता र महत्व अझै टड्कारो रुपमा देखिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.